रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक , सुष्मा कार्की फेरी टु पिसमा (भिडीयो)

नायक बिनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको ट्रेलरमा प्रेमको बिषयलाई बढी जोड दिईएको छ ।

नरेश कुमार केसीको निर्देशनमा बनेको चलचित्रमा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जन र निर्देशक केसीको संवाद छ । दिपेन्द्र सिक्देर र बाबु श्रेष्ठको सिनेम्याटोग्राफीमा बनेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

साउन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ ।

 

photo

NOC1-250x300