राजपा अध्यक्ष मण्डल छलफलमा, राजनीतिक समिति बैठकको टुंगो लगाउने

राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल अध्यक्ष मण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको छ । बैठकले राजनीतिक समितिको बैठक बोलाउन मिति तय गर्ने जनाइएको छ । 

राजनीतिक समितिको बैठक बस्न नसक्दा राजपाले संसदीय दलको नेता चुन्ने, पार्टी महाधिवेशनको कार्यक्रम र मिति तय गर्ने एवम् प्रदेश २ मा नियुक्त गर्न बाँकी ३ राज्यमन्त्रीको नाम तय गर्ने काम गर्न सकेको छैन । 

आजको बैठकले राजनीतिक समितिको बैठक कहिले बस्ने भन्ने टुंगो लगाउने राजपाका एक नेताले जनाए ।

यसैगरी, बैठकले एमाले–माओवादी एकीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आफ्नो धारणा तय गर्नेछ 

NOC1-250x300