रक्सीले कसलाई बढि हानी पुर्‍याउँछ ? महिला कि पुरुष !

b8ca76aafa5342f6a40585bb810e6c8dसंसारभरी रक्सी पिउनेको संख्यामा सधैं पुरुषको संख्या महिलाभन्दा धेरै रहँदै आएको छ । तर अब महिलामा पनि यसको लत बढ्दै गएको छ ।

यद्यपी, पुरुषको तुलनामा महिलाको संख्या अझै पनि कम छ  । तर नयाँ पीढिका लागि भने यो कुरा नमिल्न सक्छ ।

विशेषगरी सन् १९९१ देखि २००० को बीचमा जन्मिएका युवतीहरुले आज पुरुष जत्तिकै रक्सी सेवन गरिरहेका छन् । धेरै पटक त उनीहरु यो रेसमा बाजी नै मार्ने गर्छन् ।

रक्सीले स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने कुरा हामी सबैलाई थाहै छ तर याद गर्नुपर्ने कुरा के छ भने रक्सीले महिलाको स्वास्थ्यमा बढी असर पार्छ ।

– अमेरिकामा सन् २००० देखि २०१५ को बीचमा रक्सी पिउने करिब ५७ प्रतिशत महिलाको कलेजो खराब भएका कारण मृत्यु भयो ।

– मृत्यु हुने महिलाको उमेर ४५ देखि ६४ वर्ष थियो ।

– जबकी पुरुषको संख्या २१ प्रतिशत थियो ।

– २५ देखि ४४ वर्षको उमेर भएका महिलामा यो ग्राफ ८ प्रतिशत माथि चढेको थियो जबकी पुरुषको कुरा गर्नुपर्दा १० प्रतिशतको कमी आएको थियो ।

अनुसन्धानका अनुसार महिलाको रक्सी पिउने अचम्मको तरिका पनि तीब्र रुपमा वृद्धि भइरहेको छ ।

साथै अस्पतालको इमर्जेन्सी वार्डमा आउने बिरामीमध्ये अल्कोहोलको ओभरडोज लिने महिलाको संख्या पुरुषको तुलनामा धेरै हुन्छ ।

टेलिस्कोपिङः

यहाँ महिलाहरु पुरुषको तुलनामा धेरै रक्सी पिइरहेका छन् भन्न खोजिएको होइन । चिन्ताको कुरा यो छ कि महिलाको शरिरमा रक्सीको नकारात्मक असर अत्यधिक धेरै र तीब्र रुपमा हुने गर्छ ।

वैज्ञानिकका अनुसार अल्कोहल पचाउनका लगि कलेजोले अल्कोहल डी–हाइड्रोजिनेस नामको इन्जाइम निकाल्छ ।

महिलामा यो इन्जाइम कम निष्कासन हुने गर्छ । त्यसकारण रक्सी पचाउनका लागि महिलाको कलेजोले अत्यधिक मेहनत गर्नुपर्छ ।

यसका साथै जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा अन्य नशाको लत लाग्ने सम्भावना पनि पुरुषको तुलनामा धेरै हुन्छ ।

विज्ञानको भाषामा यसलाई टेलिस्कोपिङ भनिन्छ ।

महिलाको शरिरमा हुने प्रभावः

धेरै रक्सी पिउँदा महिलाको कलेजोमात्र खराब नभई मुटु र नशा पनि चाँडै नै निष्क्रिय हुन थाल्छ ।

अहिलेसम्म कसैलाई थाहा थिएन कि रक्सीले महिला र पुरुषमाथि भिन्न असर पार्छ । यस सम्बन्धि सबैभन्दा पहिलो अनुसन्धान सन् १९९० मा गरिएको थियो ।

वास्तविकता त यो छ कि सन् १९९० सम्म पुरुषको शरिरमा राखेर रक्सीको प्रभावको अनुसन्धान गरिएको थियो ।

कारण यो थियो कि रक्सी पुरुषले मात्र सेवन गर्छन् भन्ने मान्यता थियो । यो पनि मानिन्थ्यो कि रक्सीले पुरुषलाई पुर्याउने असरको निष्कर्षले महिलामाथि हुने असरबारे पनि अनुमान गर्न सकिन्छ । थुप्रै वर्षदेखि यस्तो हुँदै आएको थियो ।

अनुसन्धानमा जेन्डर ग्यापमा ध्यानः

तर जतिजति जीवन स्तर परिवर्तन भयो त्यति नै रक्सीको सेवन गर्नेहरुको आँकडा पनि परिवर्तन भए ।

ठूलो परिवर्तन त त्यतिबेला आयो जब अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल अनुसन्धानमा महिला र किशोरीलाई समावेश गनुपर्ने नियम राख्यो ।

यसका साथै अनुसन्धानमा जेन्डर ग्यापमाथि पनि ध्यान दिइयो ।

सन् १९७० को एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि जो महिलाले आफूलाई पूर्ण रुपमा रक्सीमा डुबाउँछन् उनीहरु धेरैजसो बाल्यकालमा यौन हिंसाको शिकार भएका हुन्छन् । उक्त अनुसन्धानपछि नै लैङ्गिकताको हिसाबमा रक्सीको अनुसन्धानमाथि तीब्र रुपमा काम गरियो ।

सन् २००० सम्म ब्रेन म्यापिङबाट यो कुरा पुष्टि भयो कि पुरुषको तुलनामा महिलाको शरिर रक्सीका लागि धेरै संवेदनशील हुन्छ  ।

तर बोस्टन युनिभर्सिटी मेडिकल स्कूलकी प्राध्यापक मर्लिन ओस्कर बर्मनलाई यो अनुसन्धान अस्पष्ट मान्छिन् ।

उनले लामो समयसम्म रक्सीको सेवन गर्नेहरुको ब्रेन म्यापिङ गरिन् । उनले पुरुषको दिमागमा रिवार्ड सेन्टर सानो भएको पाइन् ।

रिवार्ड सेन्टर दिमागको त्यो हिस्सा हो जो कुनै कुराको लागि मानिसलाई उक्साउँछ ।

दिमागको यहि भागले निर्णय पनि गर्छ । तर रक्सी पिउने महिलाको तुलनामा नपिउनेकोभन्दा रिवार्ड सेन्टर ठूलो थियो ।

यसले यो पुष्टि हुन्छ कि रक्सी पिउने महिलाको दिमागमा कम हानी पुर्याउँछ । यद्यपी, वैज्ञानिकलाई अहिले नै यो अन्तरको सटिक कारण पत्ता लाग्न सकेको छैन ।

सामाजिक दबाबमा रक्सी पिउनुः

हालैको अनुसन्धानले रक्सीका आदी महिलाको उपचार भए उनीहरुको व्यवहार धेरै हदसम्म राम्रो हुने नयाँ तथ्य सार्वजनिक गरेको छ ।

रक्सी पिउने लत बस्नुको कारण पनि पुरुष र महिलामा भिन्न हुन्छ । महिला आफ्नो भावनात्मक चोट दबाउनका लागि रक्सीको सेवन गर्छन् ।

जबकी पुरुष सामाजिक दबाबमा रक्सी पिउन सुरु गर्छन् ।

दुबैको रक्सी पिउने कारण समान हुँदैन त्यसकारण उनीहरुको उपचार पनि समान तरिकाले गर्न सकिन्न ।

उदाहरणका लागि यौनहिंसाको शिकार महिलामा रक्सीको लत छुटाउनका लागि उनीहरुलाई जँड्याहा पुरुषसँगै राख्न सकिन्नँ । उनी ती पुरुषको उपस्थितीले आफूलाई सुरक्षित महसुस गर्दिनन् ।

यस्ता महिलालाई प्रेरणादायी कहानीमार्फत यस्तो समस्याबाट जुध्ने उनी एक्ली महिला होइनन् भन्ने महसुस गराउनुपर्छ ।

 

photo

NOC1-250x300