युवराजपछि दीपकले एकै ओभरमा ६ छक्का हिर्काए

भारतीय क्रिकेट टीमका युवराज सिंहले केही वर्षअघि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा एक ओभरमा लगातार ६ छक्का लगाएर विश्व किर्तिमान लगाएका थिए । तर, त्यसपछि अर्का एक ब्याट्सम्यानले पनि एक ओभरमा ६ छक्का हिर्काएर चर्चाको शिखरमा छन् । यद्यपी यो रेकर्ड अन्तर्राष्ट्रिय स्तरमा दर्ज भएन ।

Deepak

दुवईमा लाग्यो ६ छक्का
३७ वर्षीय दीपक निकोलसले दुवई क्रिकेट काउन्सिलद्वारा आयोजित रमजान क्रिकेट लिगमा रोअरिङ लायन्स क्लबका लागि खेल्दै ६ छक्का हिर्काएका हुन् । दीपकले खेलको ११ औं ओभरमा करण टेकबानीलाई ६ छक्का लागए । तर, उनले क्लबलाई जीत दिलाउन सकेनन् ।

रोअरिङ लायन्सलाई २५ ओभरमा २ सय ३४ रन आवश्यक थियो तर उसले मात्र १८ रनले हार्न पुग्यो । दीपकले १२ बलमा ४९ रन बनाए । जबकी युवराज सिंहले १२ बलमै ५० हानेका थिए ।

 

photo

NOC1-250x300