यी प्रहरीलाई अख्तियरले३० हजार घुससहित समातेपछी !

असोज १७, सर्लाही –तीस हजार घुससहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारी पक्राउ परेका छन् । 

उनलाई मलंगवा नगरपालिका वडा नं १० स्थित टावरचोकबाट नियन्त्रणमा लिइएको हो ।  नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई ३० हजारघुस सहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

 

photo

NOC1-250x300