यि युवकले जवान रहन भन्दै नियमित सर्पको विष ग्रहण गर्छन्

 कतिपय मानिसहरु सर्पलाई छुँदा त के सर्पलाई देख्दासाथ तर्सेर भाग्ने गर्छन् । तर कतिपय सुरा ब्यक्तिहरु यतिसम्म सुरा हुन्छन् की उनीहरु सर्पको माला मात्रै नभई सर्पको विष समेत सेवन गर्न पनि पछि पर्दैनन् । प्रसंग हो अमेरिकाको क्यालिफोर्नियाको । जहाँका स्टीव लुडविन नाम गरेका यी व्यक्तिले १७ बर्षको उमेरदेखि यसरी सर्पको विषको सुई लगाउँदै आएका छन् ।

हाल ३० वर्ष पुगेका यि युवकले आफुलाई युवा अवस्थामा नै राखी राख्नका लागी भन्दै सर्पको विषको इन्जेक्सन लिने गरेको बेलायती समाचार पोर्टल डेलीमेलले उल्लेख गरेको छ । यतिमात्र नभई उनीसँग १८ वटा सर्प छन् जसको विष उनले निकाल्दै आएका छन् ।

यद्यपी उनले सर्पलाई भने कुनै नोक्सानी नपुर्याउने गरेको समेत बताए । डेलिमेलका अनुसार, उनी ६ बर्षको उमेरको हुँदा उनलाई एउटा सर्पले टोकेको थियो तर उनलाई कुनै नोक्सानी नभएपछि विषालु सर्पले आयु बढाउने अनुमन गर्दै सर्पको विष लिन सुरु गरेको बताउँछन् । उनले सर्पको विष सुई मार्फत लिने गरेका छन् । एजेन्सी 

 

photo

NOC1-250x300