यस्तो मन्दिर , जहाँ भुइँमा सुत्दा महिला ‘गर्भवती’ हुन्छन् !

मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।

India Temple ,,भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ । 

त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् ।

सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ । यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । 

यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिनि्छन् भन्ने विश्वास गरिन्छ ।

ads