यस्तो छ वर्षमा १० लाखको खाना खाने विश्वकै सबैभन्दा ठूलो कुकुर

बेलायतकी क्लेरी स्टोनम्यान नामक मोडलले आफूले लिएर आएको सानो पपी यति ठूलो होला भन्ने सोचेकी थिइनन् । क्लेरीको कुकुर फ्रेडीलाई उनले सानो पपी हुँदा घर ल्याएकी थिइन् । त्यसबेला फ्रेडी अरु सामान्य कुकुर जस्तै सानो र कमजोर थियो ।

biggest-dog-of-the-w

 तर, केहि समय नबित्दै फ्रेडी तेजीका साथ बढ्न थाल्यो । फ्रेडी त्यसरी एकाएक ठूलो भएको देख्दा क्लेरी आश्चर्यमा परेकी थिइन् । जम्मा पाँच वर्षको फ्रेडी अहिले ७ फिट ५.५ इन्चको छ । फ्रेडीको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि राखिएको छ । 

फ्रेडीलाई सानै देखि पालेकी क्लेरीले बताएअनुसार फ्रेडीको खानपिन सामान्य कुकुरभन्दा धेरै फरक छ । फ्रेडीले एक दिनमै थुप्रै वटा कुखुरा र पिनट बटरको बट्टै सक्काउने गरेको उनले बताइन् । घरका सबै सदस्यमा फ्रेडीका लागि सबैभन्दा धेरै खर्च उठाउनु पर्ने उनी बताउँछिन् । वार्षिक १० लाखको खाना फ्रेडीलाई मात्र आवश्यक पर्ने क्लेरीको भनाइ छ ।

 

photo

NOC1-250x300