यसकारण चर्चामा छ नेमारको ‘गोल्डेन ब्याग’

 फिफा विश्वकप फुटबल पनि सुनको चर्चाबाट अछूत रहन सकेको छैन । हाल विश्वकप रसियामा चलेको सुनको चर्चा भनेको ब्राजिलका गोल्डन ब्वाई नेमारको हो ।

गत आइतबार बेलुकी ब्राजिलको आशालाई बोकेर नेमार रसियाको विमानस्थलमा उत्रीएका छन् । सोची विमानस्थलबाट रसियाको भूमिमा कदम राख्दै गर्दा नेमार आफ्नो सात सय पाउण्डको सुनको ब्याग पनि शो अफ गर्दै थिए । र त्यही गोल्डन ब्यागले हाल चर्चा बटुलीरहेको हो ।

हुन त विश्व फुटबल जगतका स्टार नेमारका लागि त्यो ब्यागको मूल्य समुद्रमा एक लोटा पानी बराबर हो । तर उक्त ब्याग उनका प्रियजनहरुको मायाको महत्वपूर्ण वस्तु थियो ।

ब्यागमा २६ वर्षीय खेलाडी नेमारले आफ्नो आमा, बुवा, बहिनी र छोराको तस्विर कुँदेका छन् ।

विश्वकपका लागि रसियाका उत्रिदैँ गर्दा नेमारका खुशी मुद्रामा देखिन्थे ।

 

photo

NOC1-250x300