म प्रधानन्यायाधीश हुँदा कनकमणी दीक्षित चाकडी गर्न आएका थिए:पूर्व प्रधानन्यायधीश गोपाल पराजुली

download   

पूर्वप्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले बरिष्ठ पत्रकार कनकमणी दिक्षितले आफूसँग चाकडी गर्न आएको खुलाशा गरेका छन् ।

‘मलाई पटक–पटक ‘विवादित’ भनेर टिप्पणी गर्ने हिमाल मिडियाका मालिक पनि उनै हुन् जो म प्रधानन्यायाधीश हुने निश्चित भएपछि श्रृङ्खलाबद्ध रूपमा चाकडी प्रयत्नमा लागेका थिए । उनीप्रति पनि मेरो रागद्वेष केही छैन,’ घटना र विचार साप्ताहिकमा पराजुलीले लेखेका छन्,‘अख्तियारद्वारा विशेष अदालतमा दायर आफूविरुद्धको मुद्दामा सुशीला कार्कीलाई प्रभावमा पारेर एउटै आदेशले मुद्दा निष्क्रिय पार्न सक्ने imagesअद्वित्तिय विधीशास्त्रीय मान्यता स्थापित गराउन उनी सफल भएका थिए । मसँग पनि सायद उनले केही अपेक्षा गरेका थिए । त्यो अपेक्षा मबाट पूरा हुन सकेन होला । ती मिडिया मालिकको यथार्थ र उनकै छत्रछायाँमा हुर्केको सेतोपाटी अनलाइनको मप्रतिको कटाक्ष सायद बाली नपाएको झोँकमा कटुवालले रैतीप्रति देखाएको व्यवहार जस्तै हो । सायद मैले मिडियालाई बाली बुझाउन नसक्ने भएकै कारणबाट यथार्थ र सत्य भन्दा टाढा गएर मेरा विरुद्द निरन्तर कटाक्ष प्रवाह भैरहेको छ ।’

पराजुलीले लेखेको लेख यस्तो छ ।

 

गोपाल पराजुली

म सानो छँदा गाउँमा कटुवालले ‘घोक’ लगाउँथे । गाउँभरी सुनिने गरी ठूलो स्वरमा कराएर विशेष सूचना दिने कामलाई घोक लगाएको भनिन्थ्यो । गाउँमा कुनै खोपको कार्यक्रम आउँदा होस या हैजाको महामारी फैलन लाग्दा, कुनै खास सभा–सम्मेलन गर्नुपर्दा होस या कुनै ठूलो मान्छे गाउँमा आउँदा अथवा कोही मर्दा, केही पर्दा ती कटुवालले घोक लगाउँथे । कुनै विशेष महत्वको सूचना चिच्चाएर घोक लगाउँदा पनि कोही–कसैले सुनेनन् कि, कोही छुटे कि भन्ने लागेमा ती कटवालले घर–घरमै पुगेर जानकारी गराउँथे । यसरी महत्वपूर्ण सूचना दिएवापत ती कटुवाललाई गाउँका सवै घरधुरीले गच्छेअनुसार वार्षिक रूपमा धान, मकै, कोदो जस्ता बाली बुझाउने चलन थियो ।

एकपटक हाम्रो गाउँमा २ बर्षसम्म ठूलो असिना पानी परी सबै धानबाली नोक्सान भयो । त्यसपछि केही गाउँलेले कटुवाललाई बाली बुझाउन नसक्दा कटुवाल रिसाएर ती घरतर्फ घोक लगाउने र सूचना दिने काम नै बन्द गरेका थिए ।

गाउँमा कटुवाल र रैती (जनता) का बीचमा एक खालको द्वन्द्व जस्तो थियो । कारण के भने कटुवाललाई खान्की वा बाली बुझाउने नसक्नेहरूलाई उनी कटाक्ष गर्थे र त्यस्तालाई कारवाही गर्नुपर्छ भनेर बेलावखत गाउँको सभामा कुरा उठाउँथे । तर कटुवाललाई बाली वा खान्की नदिने रैतीका विरुद्ध प्रधानपञ्चले पनि कुनै निर्णय गर्न सक्दैनथे । किनभने उनले पनि तिनै रैतीहरूसँग भोट माग्नुपथ्र्यो । एकपटक एउटा कटुवालले बाली नबुझाएको झोँकमा एउटी विधवा महिलालाई परपुरुषसँग लहसिएर बिग्रिएकी भनेर सभामै आरोप लगाउँदा प्रधानपञ्चले अप्रमाणित कुरा गर्ने भनेर हकारेका थिए । निकै मार्मिक घटना थियो त्यो ।

कटवालले घोक लगाउने त्यो व्यवस्था पञ्चायतकालमा पनि लामो समयसम्म चलेको थियो । पछि प्रधानपञ्चले पियन भर्ना गर्न पाउने व्यवस्था भएपछि कटुवाललाई बाली दिन नपर्ने भयो । सूचना दिने प्रकृयामा पनि वडा सदस्यहरू मार्फत वडा–वडामा सूचना टाँस्ने वा गाउँको मूख्य मानिसलाई जानकारी गराउने व्यवस्था गर्दै गएपछि सदियौँ देखि प्रचलनमा रहेको कटुवाली प्रथा समाप्त भयो ।

आजको विश्व सूचनाको माध्यमबाट सवल र समृद्ध भएको छ । सूचनालाई नै शक्तिको रूपमा लिइएको छ । नेपालमा पनि बहुदलीय व्यवस्थासँगै सूचना र सञ्चार क्षेत्रले व्यापक फड्को मारेको छ । पछिल्लो दशकमा त झन् मिडियाहरू च्याउसरी नै उम्रन थालेका छन् । छिटै धनी हुने र प्रभावशाली बन्ने ध्याउन्नमा कतिपय त मिसन–मिडियाकै रूपमा अघि बढेका छन् । विदेशी एजेन्टदेखि, यूरोपियन यूनियन र धर्मका नामबाट आएका एजेन्सीमार्फत नजानिँदो ढङ्गबाट नेता, समाजसेवी र राष्ट्रका नीति निर्णायकहरूसम्म पहुँच पुर्याउन सफल पनि भएका छन् ।

हिजो कुनै उच्च हैसियत नभएका, पैतृक आधार र सम्पत्ति स्रोत समेत नभएकाहरू विगत अढाई दशकको अवधिमै पचासौँ अर्बका मालिक हुन पुगेका छन् । आम्दानीको स्रोतविहीनहरू कोही चाहिँ पैतृक सम्पति भएकाहरूको छत्रछायाँमा रहेर आफूलाई सुरक्षित गराएका छन् ।

हिजो कुनै उच्च हैसियत नभएका, पैतृक आधार र सम्पत्ति स्रोत समेत नभएकाहरू विगत अढाई दशकको अवधिमै पचासौँ अर्बका मालिक हुन पुगेका छन् । आम्दानीको स्रोतविहीनहरू कोही चाहिँ पैतृक सम्पति भएकाहरूको छत्रछायाँमा रहेर आफूलाई सुरक्षित गराएका छन् । हो, पेशा र रोजगारी गर्न पाउने संवैधानिक हकलाई उपभोग गर्न पाउने हक सबैमा रहन्छ तथापि ‘खोज पत्रकारिता’को आवरणमा कसैप्रति लक्षित गरी वेइमानी नियतबाट लेख्ने–लेखाउने कार्यलाई जायज मान्न सकिँदैन ।

मलाई एसएलसी फेल भनेर झुठा समाचार सम्प्रेषण गर्ने अभियानमा निःसन्देह त्यही खोज पत्रिका हिमाल मिडिया र कान्तिपुर मिडियाका मालिक नै थिए । उक्त मिसनमा सेतोपाटी अनलाईन र यदाकदा नागरिक दैनिकलाई पनि प्रभावमा पारियो । त्यो कार्यमा निरन्तर लागिपरेका मिसनरीहरूले हालै हिमाल खबर पत्रिकामा पुनः अर्को ‘असत्य’लाई छापेका छन् ।

अरूको हकमा मैले प्रतिवाद गर्दैन । आफ्ना कुरा आफैँ लेख्लान् वा नलेख्लान् । मेरो हकमा चाहिँ म यति मात्रै भन्छु कि हिमाल मिडियाले गर्दै आएको मेरो बद्ख्वाइँको निरन्तरता धर्म पालनको क्रममा पहिरिएको उसको जनै जस्तै हो । कहिल्यै छुट्दैन । मानौँ मेरा बारेमा अफवाह नलेखे उसको धर्म नष्ट हुन्छ ।

हिमाल मिडियाको मिसनमा यदाकदा थपिने पात्रहरूमा यसपटक अख्तियारका एक पूर्वप्रमुख आयुक्तलाई राखेको पाएँ । कुनै समयमा म, उनी र सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार श्रीप्रसाद पण्डित एउटा संस्था दर्ता गराएर कानून कितावको अनुवाद अभियानमा लागेका थियौँ । मेरी श्रीमतीलाई ब्लड क्यान्सर भएपछि उक्त अभियान र संस्थाको उद्देश्यअनुसारको कार्य अघि बढ्न सकेन । उनी अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुन सफल भएपछि के–कस्ता मिसन बने भन्ने कुरा र उनले देखाएका अनुसन्धानका पथहरूलाई न्यायाधीशको रूपमा मुद्दाहरू हेर्दाखेरी नजिकैबाट नियालेको छु । कर्मचारीहरूको विभक्त मनस्थिति, काङ्ग्रेस र वामसमर्थक देखिने धार र त्यही आधारमा गरिएका अनुसन्धानमा दरबार र वामसमर्थनको संरक्षणबाट भएको काङ्ग्रेस समर्थकहरूको तेजोबधलाई उनले आत्मसंयमता गुमाएको भनी टिप्पणी गर्नेहरू पनि यहाँ प्रशस्तै छन् । एउटा समारोहमा विशिष्ट व्यक्तिहरू आसिन मञ्चमा म पुग्दा मलाई इङ्गित गर्दै सामुन्ने बसेका अतिथिसँग उनले ‘डन आयो’ पनि भन्न भ्याएछन् । खोज, अनुसन्धान र छानवीन प्रधानन्यायाधीशको मात्र हुने होइन पूर्वप्रमुख आयुक्तहरूलाई पनि हुन सक्छ होला । त्यो नै विधि र न्यायसम्मत शासनको आधार हुनसक्छ ।

राजनीतिमा सक्रिय रहेकाहरू देखि स्वतन्त्रताका सेनानीहरू तथा परिवर्तन र प्रजातन्त्रका योद्धाहरू समेत न्यायाधीश भएका प्रशस्त अन्तराष्ट्रिय अभ्यास र उदाहरणहरू छन् । तर अदालतको अपहेलनामा सजाय पाएका व्यक्ति स्वयम् नै अदालतमा न्यायाधीश बनाइएको उदाहरण अन्यत्र कहीँ कतै पाइँदैन । नेपालमा त्यो पनि देखियो ।

यसैगरी सर्वोच्च अदालतका एक पूर्व अस्थायी न्यायाधीशलाई उदृत गर्दै मिसन मिडियाहरूले मेरा उपर छड्के अभिव्यक्तिको झटारो हान्ने गर्छन् । अचम्म लाग्छ, खासमा उनीसँग मेरो राग, द्वेष केही पनि होइन । सर्वोच्च अदालतमा उनी नियुक्त हुँदा म स्वयंले बधाई दिएको थिएँ । तर उनलाई सर्वोच्चमा ल्याउँदा अदालतको अपहेलनामा सजाय पाएको व्यक्तिलाई नै सर्वोच्च अदालतको न्यायाधीश बनाइयो भन्ने निकै चर्चा–परिचर्चा भने भएको थियो । पछि यथार्थहरू अगाडि आए । २०औँ वर्ष अदालतमा कार्यरतहरूलाई नियतवश उछिन्दै प्रधानन्यायाधीश बन्ने उनको योजनामा पनि तुषारापात भयो । राजनीतिमा सक्रिय रहेकाहरू देखि स्वतन्त्रताका सेनानीहरू तथा परिवर्तन र प्रजातन्त्रका योद्धाहरू समेत न्यायाधीश भएका प्रशस्त अन्तराष्ट्रिय अभ्यास र उदाहरणहरू छन् । तर अदालतको अपहेलनामा सजाय पाएका व्यक्ति स्वयम् नै अदालतमा न्यायाधीश बनाइएको उदाहरण अन्यत्र कहीँ कतै पाइँदैन । नेपालमा त्यो पनि देखियो । उनी के उद्देश्यबाट सर्वोच्च अदालतमा नियुक्त भए ? किन स्थायी हुन सकेनन्– घाम जत्तिकै छर्लङ्ग छ । उनी मिसन मिडियाले खडा गरेको पात्र थिए तर उनबाट मिसन सफल हुन सकेन । किन हो खै ? अझै पनि वेलाबखत ती मिडियामा उनलाई प्रकट गराइन्छ र मेरा विरुद्धमा विष बमन गरिन्छ । यदि मेरा प्रमाणपत्रहरू कीर्ते हुन् र मेरा फैसलाहरू कानूनसम्मत छैनन् भने अनुसन्धान गरे हुन्छ । जाहेरी दिए पनि हुन्छ त ।

मेरा विरुद्दमा विष बमन गर्ने अर्का पात्र, जो वरिष्ठ अधिवक्ताको उपाधि फिर्ता गरेर आफ्नो नाता पर्ने खाद्य संस्थानको स्टोर किपरको भ्रष्टाचार मुद्दामा न्यायाधीशको घर–घरमा धाउँथे, मलाई पनि प्रभाव पार्ने दुष्प्रयासमा पटक–पटक मेरो निवासमा आएका थिए । डा. गोविन्द केसीका त के कुरा गर्नु ! प्रधानन्यायाधीशलाई हत्यारा र ज्यानमारा भनी अशिष्ट र अभद्र बचन बोलेका केसीले अदालत परिसर र इजलासमा देखाएको व्यवहारले पनि आफ्नो चरित्र उदाङ्गो पारेका छन् । अदालतमा मुद्दा भएकाले विचाराधीन मुद्दाका बारेमा धेरै बोल्न पनि मिल्दैन ।

यसैगरी मलाई पटक–पटक ‘विवादित’ भनेर टिप्पणी गर्ने हिमाल मिडियाका मालिक पनि उनै हुन् जो म प्रधानन्यायाधीश हुने निश्चित भएपछि श्रृङ्खलाबद्ध रूपमा चाकडी प्रयत्नमा लागेका थिए । उनीप्रति पनि मेरो रागद्वेष केही छैन । अख्तियारद्वारा विशेष अदालतमा दायर आफूविरुद्धको मुद्दामा सुशीला कार्कीलाई प्रभावमा पारेर एउटै आदेशले मुद्दा निष्क्रिय पार्न सक्ने अद्वित्तिय विधीशास्त्रीय मान्यता स्थापित गराउन उनी सफल भएका थिए । मसँग पनि सायद उनले केही अपेक्षा गरेका थिए । त्यो अपेक्षा मबाट पूरा हुन सकेन होला । ती मिडिया मालिकको यथार्थ र उनकै छत्रछायाँमा हुर्केको सेतोपाटी अनलाइनको मप्रतिको कटाक्ष सायद बाली नपाएको झोँकमा कटुवालले रैतीप्रति देखाएको व्यवहार जस्तै हो । सायद मैले मिडियालाई बाली बुझाउन नसक्ने भएकै कारणबाट यथार्थ र सत्य भन्दा टाढा गएर मेरा विरुद्द निरन्तर कटाक्ष प्रवाह भैरहेको छ ।

अरूको घरमा हुँदै नभएको फोहर औंल्याउनेहरूले आफ्नो घरभित्रकै खुलेआम प्रदुषण देख्दैनन् । बडो दुःखको कुरा छ यो । केही समयअघि म एकजना नाताका बिरामीलाई भेट्न त्रिवि टिचिङ हस्पिटल गएको थिएँ । प्रसुति वार्डको अस्तव्यस्तता, फोहर र दुर्गन्ध देख्दा गोविन्द केसी र उनका अनुयायीहरूलाई सम्झिएँ । त्यहाँ गएर हेर्यो भने मात्रै पनि उनीहरूको छद्मभेष उदाङ्गो हुन्छ ।

अप्रमाणिक र अप्रासङ्गिक तथ्य लेखेर निवृत्त जीवनमा समेत धावा बोल्ने कतिसम्मको निकृष्टता हो मिसनरीहरूको ? २०४८ सालको मेरो नियुक्तिमा खोट देख्नेहरूलाई म चुनौती दिएरै भन्छु– योग्यता, दक्षता र न्याय सम्पादनको कसीमा म कहाँनेर चुकेको छु ? हचुवाको भरमा हल्लाको पछाडि दौडेर होइन यथार्थसहित आउनुहोस् । बहसमा उत्रिनुहोस् ।

मिसन मिडियाहरूले पटक–पटक मेरो कार्यक्षमता र दक्षताका बारेमा भ्रामक प्रचारबाजी गर्दै आएका छन् । म सोध्न चाहन्छु ती कुन–कुन मुद्दा हुन् त, जो कानून र संविधानविपरीत मेरो इजलासबाट फैसला हुन पुगे ? पुनरावलोकन मार्फत पुनः सुनुवाई गर्ने उपचारको बाटो प्रयोग गर्न कसले रोकेको छ त ? अप्रमाणिक र अप्रासङ्गिक तथ्य लेखेर निवृत्त जीवनमा समेत धावा बोल्ने कतिसम्मको निकृष्टता हो मिसनरीहरूको ? २०४८ सालको मेरो नियुक्तिमा खोट देख्नेहरूलाई म चुनौती दिएरै भन्छु– योग्यता, दक्षता र न्याय सम्पादनको कसीमा म कहाँनेर चुकेको छु ? हचुवाको भरमा हल्लाको पछाडि दौडेर होइन यथार्थसहित आउनुहोस् । बहसमा उत्रिनुहोस् ।

कहिलेकाहीँ जीवनयात्रालाई फर्केर हेर्दा मैले असल कर्म गर्दा पनि अपजस नै धेरै पाएछु कि जस्तो पनि लाग्छ । मभित्र राजनैतिक सचेतनाको विकास हुँदा र परिवर्तनको पक्षमा रहँदा राज्यले अराष्ट्रिय तत्व देख्यो । भौतिक रूपमै आक्रमण भयो । हप्तौँ अस्पताल बस्नुपर्यो । त्यतिवेला मण्डलेहरूको जत्थालाई पक्षपोषण गर्नेहरू आज पनि विकृत लेख र विचारद्वारा विषवमन गर्न उद्दत छन् । कैयौँ बर्बर यातना, जेल जीवनलाई सम्झँदा यस्तो लाग्छ व्यवस्था परिवर्तनपछि पनि उनीहरूले मेरा विरुद्ध कुप्रचार नै गरिरहे । करिव २७ वर्ष न्यायाधीश हुँदा आफ्नो आत्मा साक्षी राखेर, देशको माटो सम्झेर, संविधान र कानूनको परिधिभित्र रहेर गरेका मेरा सबै निर्णयहरू वैध र कानूनसम्मत छन् । तर वदनियत राखी कुप्रचार र खेदाइ गर्नेहरूका विरुद्ध बाध्य भई कानूनी उपचार खोज्ने मेरो हक सुरक्षित नै छ ।

मैले पटक–पटक भन्ने गरेको छु र फेरि पनि भन्न चाहान्छु कि मेरो जीवन खुला छ । मेरा उपर अनुसन्धान गर्नुहोस् । केस्रा–केस्रा केलाउनुहोस् । कतिवटा नागरिकता र कस्तो कीर्ते प्रमाणपत्र पेश गरेको छु यथार्थ बुझ्नुहोस् । कुन मुद्दा कानून र संविधानविपरीत मबाट फैसला भएको छ त सत्य–तथ्य हेर्नुहोस् । केवल आरोपका निम्ति आरोप लगाउनु विवेकसम्मत हुँदैन । मैले एकैसालमा २७५० मुद्दा फैसला गरेको रेकर्ड छ । कुनै पनि अदालतमा मुद्दा बुझ्ने छिन्ने र न्यायोचित ढंगले फैसला गर्ने कर्ममा कहिल्यै कतै कुनै कसर बाँकी राखेको छु जस्तो लाग्दैन । सेवाग्राहीहरूसँग सोध्नुहोस् । कुनै दल बदलमा नरहेका कानून व्यवसायीहरूसँग बुझ्नुहोस् र अनुसन्धान गरेर लेख्नुहोस् । अँध्यारोमा झटारो हानेर आफ्ना कर्तुतलाई लुकाउने कोशिस कतैबाट हुनुहुँदैन ।

मैले बाल्यकालमा देखेका सूचनाका वाहक कटुवाल र अहिलेका मिडियाको शैली र चरित्र धेरै हदसम्म मिलेको पाएको छु । दुषित विचार र वदनियत भएका कटुवालहरूलाई गाउँलेले छिःछि र दूर–दूर गर्थे । तर सत्य र निष्ठामा रहेका कटुवालहरूलाई कटुवाल दाइ भनेर सम्मान गरिन्थ्यो । वर्तमान समयका मिडियाहरू देख्दा बाल्यकालका तिनै कटुवाल सम्झन्छु । मिडियाहरू कोही दुषित छन् । कोही निष्ठावान । निष्पक्ष मिडिया राष्ट्रका खम्बा हुन् । दुष्ट र पीत मिडिया सिङ्गो राष्ट्रलाई नै कमजोर पार्ने विषवृक्ष हुन् । सत्यको उत्खनन गर्नु मिडिया र मिडियाकर्मीको धर्म र कर्म हो । निराधार शव्दको संजालबाट कोही पनि सभ्य नागरिक र स्तुत्य मिडिया हुन सक्दै

 

photo

NOC1-250x300