मेयर चढेको गाडी दुर्घटना

 पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी मंगलबार दुर्घटना भएको छ। पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटनामा परेर उनी गम्भिर घाइते भएका छन् । मेयर शर्माको टाउकोमा गम्भिर चोट लागेको बताईएको छ । 

गाडीमा सवार अन्य व्यक्तिहरु पनि घाईते छन् । गम्भिर घाईते शर्मा र अन्य सबैलाई चौरजहारी सामुदायिक अस्पतालमा उपचार भईरहेको स्थानीयले जानकारी दिएका छन् ।

 

photo

NOC1-250x300