मेक्सिकोको दोस्रो जित, छनोट हुन अझै कुर्न पर्ने

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ ।

मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजले ६६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

खेलको इन्जुरी समयमा कोरियाका लागि हिउङ मिन सनले एक गोल फर्काउंदै सान्तवना गोल दिलाएका थिए । पहिलो खेल १-० ले जितेको मेक्सिकोको ६ अंक रहेको छ भने अघिल्लो खेल स्विडेन विरुद्ध १-० ले हारेको कोरिया अंकविहिन रहेको छ ।

केही बेरमा जर्मनी र स्विडेन मैदानमा भिड्ने छन् । सो खेलमा स्विडेनले जिते जर्मनी प्रतियोगिताबाट बाहिरिने छ ।

 

photo

NOC1-250x300