महिनौ पछि बल्ल खुल्यो ३३ किलो सुनको रहस्य !

चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लागेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक रहेको र उनी धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवालको रहेको खुलासा भएको छ ।

88_kg_gold__3_0wWZwieLSK

काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक अग्रवालले काठमाडौँको डिल्लीबजारमा बसेर सुन तस्करीको धन्दा चलाउँदै आाएको बताइएको छ ।तर, सनम शाक्यको हत्याकाण्डपछि मोहनकुमारले पनि काठमाडौँ छाडेको बताइएको छ । उनी बस्दै आएको घरमा दुई महिनादेखि ताला लागेको छ ।

मोहनकुमारको लगानीमा चुडामणि उप्रेती ‘गोरे’ लगायतका तस्करहरुले दुबईबाट थाई एयरलाइन्समार्फत सुन ल्याएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।प्रहरीले अग्रवालको खोजी गरिहेको छ ।

NOC1-250x300