मनिषा : ‘क्यान्सर मेरा लागि वरदान साबित भयो’

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ ।  

तर, जीवनको लामो समय एक्लै बसेकी मनीषा बिहे गरेपछि आफ्नै माइती फर्किएकी छिन्, उनी आमाबाबुसँगै खुसी देखिन्छिन् । त्योभन्दा ठूलो विरोधाभाष के भने क्यान्सरजस्तो रोग लागेपछि हाम्रो समाजमा कोही पनि व्यक्ति रोगले भन्दा पनि मानसिक रूपले अगलथलग हुने अवस्था आउँछ, तर क्यान्सरसँग लड्न सकिन्छ, जित्न सकिन्छ र जीवन उत्तिकै शक्तिका साथ जिउन सकिन्छ भनेर सन्देश दिन मनीषा संसारका कुना–कुना गइरहेकी छिन् । यो जीवन कतिपयका लागि अनौठो र विरोधाभाषपूर्ण लागे पनि धेरै नेपालीका लागि सकारात्मक, प्रेरणादायी र आदर्शपूर्ण लाग्नेछ भन्ने अपेक्षाका साथ मनीषासँग नयाँ पत्रिकाका उमेश चौहान र रमेश सापकोटाले संवाद गरेका छन् ।

अहिले जहाँ गए पनि तपार्इंलाई क्यान्सरको विषयमा सोधिन्छ, अहोभाग्य हो तपाईंले क्यान्सरलाई जित्नुभयो । त्यही जितबाट प्राप्त आत्मबल तपाईं विश्वभरिका जनतालाई बाँडिरहनुभएको छ, क्यान्सरबारे जे सोच छ, त्यो परिवर्तन गर्न आग्रह गरिरहनुभएको छ । तर, तपाईं आफैँमा के परिवर्तन आयो, परिवार, मान्छे र समाज र आफ्नै जीवनबारेमा बुझने विषयमा ।

मान्छेको जीवनमा जब परिपक्वता आउँछ, तब जिन्दगी सानो हुँदै जान्छ । पहिलेपहिले जन्मदिन आउनासाथ सेलिब्रेसन गर्ने, साथीभाइबीच पार्टी राख्ने, बाहिर घुम्ने गर्थें । तर, यसपटक जन्मदिन घरमै मनाएँ । तामझाममा झुकाव छैन, शान्तिपूर्ण रूपमा साधारण जीवन जिउन चाहन्छु । नयाँ वर्ष र जन्मदिनमा यो गर्छु, त्यो गर्छु भन्ने संकल्प गरिन्छ । तर, त्यसको एक–दुई महिनापछि त्यो संकल्पको अन्त्य भइसकेको पाइन्छ । एकपटक प्रतिज्ञा गरेपछि त्यो चिजलाई पूर्ण गर्न लाग्ने मेरो स्वभाव छ । म हत्तपत्त संकल्प गर्दिनँ, गरेपछि त्यसलाई पछ्याउँछु । जिन्दगी भनेको आफूलाई परिष्कृत गर्दै जाने हो । पूर्ण हुनका लागि हामीले कोसिस गर्ने हो । परिष्कृत हुँदै जाने मानवजीवनको एउटा प्रक्रिया हो । मनुष्य हौँ, जीवनमा गल्ती हुन्छन्, आउने दिनमा पनि गल्ती होलान्, तर गल्तीसँग सिक्दै, आफूलाई राम्रो र बलियो बनाउँदै जाने हो ।

तपाईं कोइराला परिवारमा जन्मनुभयो, शैक्षिक, सामाजिक र राजनीतिक रूपमा सचेत हुने एउटा विशेष अधिकार पाउनभुयो, संयोगले हिन्दी फिल्म इन्डस्ट्रीमा स्थान बनाउन पाउनुभयो, कोइराला परिवारमा नजन्मिएको भए तपाईंको नाम मनीषा होइन, मनमाया हुन सक्थ्यो, त्यो वेला तपाईंको जीवन कस्तो हुन्थ्यो होला ? 
मलाई असाध्यै दुःख लाग्छ । हामीले देशमा परिवर्तन त ल्यायौँ तर, यसले जनतामा कति परिवर्तन ल्यायो भन्ने विषय ठूलो हो । हामीले गर्न सकेनौँ, गर्नुपर्छ भन्ने उद्देश्य बनाएरै काम गर्नुपर्छ । बिपीबाले प्रगति भनेको सहरभित्रका मान्छेमा आएको परिवर्तन मात्र होइन, गाउँका गरिब जनताको जीवनमा कस्तो परिवर्तन आएको छ भन्ने मुख्य कुरा हो । अहिलेको अवस्था पनि त्यस्तै हो । गाउँका जनतामा यसरी परिवर्तन आएको छ भने त्यो वास्तविक परिवर्तन ठहर्छ । सहरभित्र मात्रै भएको प्रगति खोक्रो हो ।

नेपालमा तपाईंका जिजुहजुरबा कृष्णप्रसाद कोइरालाले राणाविरुद्ध क्रान्तिको विगुल फुक्नुभयो, तपाईंको हजुरबुबा र काका हजुरबा तीनजना देशको प्रधानमन्त्री हुनुभयो, तर देशको आर्थिक अवस्था कस्तो छ भन्ने बुझ्न धेरै टाढा जानुपर्दैन, काठमाडौंका अस्तव्यस्त सडक, निराश बस्ती र आक्रोशित मान्छेहरु देख्दा नै थाहा हुन्छ, जुन परिवारले तीनजना प्रधानमन्त्री पायो, त्यो परिवारले देशको लागि केही गर्ने अवसर सदुपयोग गर्न सक्यो कि सकने, तपाईंलाई समीक्षा के छ ? 
इमानदार भएर भन्नुपर्दा तपाईंले भनेको विषयको महसुस र बोध मलाई पनि पटक–पटक भएको छ । राम्रो परिवारमा जन्म लिएँ । परिवारमा ठूला र बडा मान्छे भए । कोइराला परिवारले प्रसिद्धि पनि कमाए । तर, बिपीबाले यो परिवार वास्तवमा जनताप्रति जवाफदेही हुनुपर्छ भन्नुभएको थियो । तर, अहिले त्यस्तै अवस्था छ त ? के भइरहेको छ त भन्ने त देखिइरहेको छ नि । म के देख्छु भने– प्रजातन्त्रका लागि हामीले संघर्ष गरेका हौँ । यो महत्वप्ूर्ण पनि हो । तर, प्रजातन्त्रको फाइदा गाउँ–गाउँका जनतामा पुग्नुपर्छ । जबसम्म गाउँ–गाउँका जनताले प्रजातन्त्रको फाइदा उठाउन सक्दैनन्, तबसम्म प्रजातन्त्र खोक्रो नै हुन्छ ।

कोइराला परिवारबाटै पनि धेरैजना राजनीति र नेतृत्वमा हुनुहुन्छ । उहाँहरूका एजेन्डा जनमुखी र व्यवहारमुखी हुनुप¥यो भन्ने विषयमा छलफल हुने, सकारात्मक सुझाव दिने अभ्यास परिवारभित्र छ कि छैन ?
परिवारमा कान्छी सदस्यका हिसाबले उमेर, अनुभवले म धेरै पछि छु । तर, परिवारका अरू सदस्यहरू पहिलेदेखि नै राजनीति गरेर नेपाली समाजलाई बुझेको हुनुहुन्छ । केटाकेटीमा कोइरालाहरूको संयुक्त परिवारमा बसेँ तर, फिल्ममा लागेपछि २५ वर्ष भारतको मुम्बईमा बसेँ । कहिलेकाहीँ मात्र नेपाल आउँथे । अहिले बल्ल समाजमा भिज्दै छु, काम गरेर केही गर्छु भन्दै लागेकी छु । कसैलाई सुझाव दिनका लागि मेरो समय आइसकेको छैन भन्ने लाग्छ ।

कोइराला परिवारबाट उहाँहरू (शशांक, शेखर र सुजाता) धेरै बुझ्नुहुन्छ, गरिरहनु पनि भएको छ । तर, पनि कहाँ–कहाँ केही कुरा नपुगेकोजस्तो लाग्दै छ । कहाँ–कहाँ हाम्रो सरकार, हाम्रो प्रणालीमा केही नमिलेजस्तो अनुभव जनताले गरेको देखिन्छ । त्यतातिर उहाँहरूले के सोच्नुभएको छ, के गर्नु भएको छ र के योजना छ त्यो भने थाहा छैन । मैले बोलेँ भनेँ, ‘छोटीमे बढी बात’ भन्ने हिन्दी उखानजस्तै हुन्छ । त्यसैले म केही भन्न चाहन्नँ । साना–साना विषयमा हामी बाडियौँ भने राम्रो हुँदैन । कुनै परिवर्तनले देशलाई कमजोर पारिदिन्छ भने त्यो परिवर्तन पनि राम्रो परिवर्तन होइन । जबसम्म राजनीतिक प्रणालीका व्यवस्था धनीमा मात्र सीमित नभई तल्लो वर्गसम्म पुग्छन् तब मात्र व्यवस्थालाई ठीक मान्न सकिन्छ ।

बिपीबाका किताबहरू धेरै पढेकी छैन । उहाँका विचार, संघर्ष र जीवन बुझ्दा उहाँ पहिले ‘एक्स्ट्रिम लेफ्ट’मा हुनुहुन्थ्यो । त्यसपछि डेमोक्र्याट, सोसलिस्ट हुनुभयो । जीवनको उत्तारार्धतिर राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो । देशको भूगोल बुझेको, के गर्दा देशलाई बलियो बनाउन सकिन्छ र के गर्दा देश कमजोर हुन्छ भन्ने राम्रो बोध उहाँलाई थियो ।

 

बिपीको ज्येष्ठ सुपुत्रका रूपमा प्रकाश कोइरालाले केही चुनावमा भाग लिनुभयो, मन्त्री पनि हुनुभयो । तर, राजनीतिमा अपेक्षाकृत भूमिका खेल्नुभएन । अर्को पुस्ताका रूपमा तपाईं राजनीतिको किनारमा हुनुहुन्छ , बुबा रौतहटबाट चुनावमा उठ्दा तपाईं प्रचारमा सक्रिय हुनुभयो । त्यसपछि मनीषा, उहाँको भाइ सिद्धार्थ राजनीतिमा आउनुहुन्छ भनेर वेलावेलामा समाचार आउँछ । तर, तपाईंहरू सक्रिय रूपमा राजनीतिमा उत्रिएको देखिँदैन । राजनीतिमा तपाईंहरूको आगमनबारे मिडियाले हतार गरेको हो कि तपाईंहरूले ढिलाइ गर्नुभएको हो ? 
जहाँसम्म बुबालाई चिनेको छु, बुझेको छु उहाँ कट्टर राष्ट्रवादी हुनुहुन्छ । उहाँको दृष्टिकोण ‘कन्जरभेटिभ’, ‘प्रो नेपाल’ छ । जे कुरा मन पर्दैन फ्याट्ट बोलिदिनुहुन्छ, गर्दिनुहुुन्छ । सायद यही कारणले पनि उहाँलाई धेरै काम गर्न नदिएको हुन सक्छ ।

म राजनीतिक रूपमा आफैँ सक्रिय भइनँ । सुनसरीमा सानोबुबाको प्रचारमा पनि गएकी थिएँ । त्यसबाहेक सक्रिय रूपमा कतै सहभागी भइनँ । किनकि, मेरो क्षेत्र अलग थियो । मेरो भाइ राजनीतिक गतिविधिमा छ, उत्रिइसकेको छ र सक्रिय हुन खोज्दै छ । उसले केही गर्छ । मचाहिँ सामाजिक कार्य गर्दै छु । राजनीति मेरा लागि हो भनेर म आत्मविश्वासी छैन ।

बिपीका विषयमा पटक–पटक कुरा गर्यौँ । बिपीका कथा, डायरी, उपन्यास मात्र होइन, उहाँका विषयमा भनिएका, लेखिएका ‘मिथ’ पढेर पनि नेपालको सामाजिक पुस्ता हुर्किरहेको छ । तपाईंले त त्यही परिवारमा हुर्किने अवसर पाउनुभयो । बिपी आफैँमा राजनीतिक र सामाजिक रूपमा कस्तो मान्छे हुनुहुन्थ्यो ? 
बिपीबा बित्दा म सानै थिएँ । धेरै कुरा सुशीला आमाले बताउहुन्थ्यो । मलाई उहाँले नै हुर्काउनुभयो । बिपीबाका बारेमा उहाँले धेरै भन्नुहुन्थ्यो । मलाई याद छ, उहाँ दलका साथीसँग हुरीजस्तै गरी आउनुहुन्थ्यो । उहाँमा बलिदानी विचार थियो । उहाँलाई भेट्न देशका ठूला नेताहरू किसुनजी, गणेशमानजी, देशविदेशका ठूला नेताहरू आउँथे । उहाँको राजनीति भनेको देशका लागि एउटा सपना हो । तर, अहिले यही राजनीति देशका लागि नभएर व्यक्तिगत अभिलाषा भएको छ । दुई– तीनपटक प्रधानमन्त्री बनेकाहरूमा फेरि पनि बन्ने अभिलाषा रहेको पाइन्छ । जनतालाई सेवा, सुविधा दिलाउनेभन्दा पदमा पुग्ने बहाना र चाहना बढी देखिन्छ । बिपीबाका किताबहरू धेरै पढेकी छैन । उहाँका विचार, संघर्ष र जीवन बुझ्दा उहाँ पहिले ‘एक्स्ट्रिम लेफ्ट’मा हुनुहुन्थ्यो । त्यसपछि डेमोक्र्याट, सोसलिस्ट हुनुभयो । जीवनको उत्तरार्धतिर राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो । देशको भूगोल बुझेको, के गर्दा देशलाई बलियो बनाउन सकिन्छ र के गर्दा देश कमजोर हुन्छ भन्ने राम्रो बोध उहाँलाई थियो । उहाँका आत्मवृत्तान्त र किताबबाट यही बुझ्ने मौका पाइन्छ ।

जेलमा एकपटक भोक हड्ताल गर्दा उहाँ मृत्युको मुखमा पनि पुग्नुभयो । छोरालाई भोक हड्तालबाट मुक्त गराऔँ, होइन भने, ऊ मर्न सक्छ भनेर बिपीबाको आमालाई भनिएछ । यस्तो वेलामा आमाले बरू मेरो छोरो मरोस् म उसको भोक हड्ताल रोक्न सक्दिनँ भन्नुभएछ।

म परिवारमा अप्ठ्यारो पर्दा पनि बलिदानी गर्ने अवस्थाबाट हुर्किंदै आएको नेताका रूपमा बिपीबालाई बुझ्छु । उहाँमा ‘सेन्स अफ इन्टिग्रिटी’, ‘सेन्स अफ अनेस्टी’ थियो । उहाँलाई पढ्दा पनि सानो होइन, फराकिलो छाति भएको र परिपक्व विचारधारा भएको व्यक्तिका रूपमा म बुझ्छु ।

देशमा फिस्टुलापीडित महिलाहरूबारे बुझ्नुभयो । उहाँहरूलाई सान्त्वना दिनुभयो । समाचारहरू के आइरहेकाका छन् भने महिनावारी हुँदा आमाहरू, दिदीबहिनीहरू घरमा होइन, छाउगोठमा गएर बस्नुपर्छ, सर्पले टोक्छ, बाघले चिथोर्छ । यो अवस्थालाई कसरी लिनुहुन्छ ?
हामी २१औँ शताब्दीको पनि ‘एड्भान्स’ समयमा छौँ । नेपालीहरू देश–विदेश घुमेका छौँ, धेरै बुझेका छौँ । यस्तो वेलामा पनि यस्ता प्रथा रहनु भनेको लज्जाजनक विषय हो । यस्तो प्रथा अमानवीय हो, यस्ता विषयलाई चेतनाका माध्यमद्वारा परिवर्तन गर्नुपर्छ । पहिले सतिप्रथा थियो, त्यो बन्द भयो । कुनै पनि यस्तो प्रथा जो अमानवीय छ, त्यसलाई समाजबाट उन्मूूलन गर्नुपर्छ ।

यो सामाजिक विकृति हो । यसलाई तोड्नका लागि तपाईंको पहल प्रशंसायोग्य छ । यस प्रचलनलाई हटाउनका लागि सामाजिक अभियान मात्र पर्याप्त होला कि राजनीतिक हस्तक्षेप पनि आवश्यक पर्ला ? यस्तो हस्तक्षेपमा तपाईंको भूमिका हुन सक्ला कि नसक्ला ?
राजनीति मेरा लागि होइन, पुरानो पुस्ताको ‘गाइडेन्स’ र युवा पुस्ताले बलियो आवाज उठाउनुपर्छ । सामाजिक अभियानबाट यस्ता विषयमा सुधार गर्न सकिन्छ । सबैले आ–आफ्नो ठाउँबाट सही कुरा उठाउने, उचित ठाउँमा बोलिदिए यस्ता विषयमा सुधार हुन्छ । सबैजना राजनीतिमा आए अरू काम कसले गर्छ ?

लामो समय मुम्बईलाई कर्मभूमि बनाउनुभयो । त्यहाँको राजनीतिबाट यहाँको राजनीति हेर्दा त्यहाँको चेतना र यहाँको चेतनास्तर कस्तो पाउनुहुन्छ ? संसार हेर्दा, डुल्दा र काठमाडौंमा बस्दा कस्तो लाग्छ ?
अन्तिम १० वा १५ वर्षमा भारतमा राम्रा–राम्रा सडक, भव्य एयरपोर्ट बनिसकेका छन् । यहाँ सडकको झन् दुरावस्था देखिन्छ । यो देख्दा असाध्यै दुःख लाग्छ । के भइरहेको छ, हामी किन एकजुट भएर काम गरिरहेका छैनौँ ? यो सबै हुनुको पछाडि नौ–नौ महिनामा बदली हुने सरकार नै प्रमुख कारण हो जस्तो लाग्छ ।

एउटा सरकारले गरेका कामलाई अर्को सरकारले निरन्तरता दिँदैन । कुर्सी परिवर्तन भए पनि भएका र हुँदै गरेका काममा बाधा गर्नुहुन्न । ९ महिनामा सरकार परिवर्तन हुुँदा काम प्रभावकारी रूपमा अघि बढ्दैन । जुनसुकै प्रणाली भए पनि तीनदेखि पाँच वर्ष सरकारलाई चलाउन दिनुपर्छ । यस्तो भए आफ्ना निश्चित योजना र कार्यक्रमलाई सम्पन्न गर्ने अवधिको उपयोग गर्न सकिन्छ । सानो मुलुकमा राजनीति परीक्षणका रूपमा चलेको हो कि भन्ने लाग्छ । हामी सोझा छौँ, अरूले जे भनिदियो त्यही ठीक हो कि भन्ने बुझ्छौँ । आफ्नै परम्परा, परिचय र सभ्यता छ, तर यसलाई मजबुत बनाएर, यसैलाई बलियो बनाएर एकजुट भएर अघि बढ्दा केही गर्न सकिन्छ । सबै राजनीतिबाटै आशा गरेर, रक्षात्मक हुने, खुट्टा तान्ने र आलोचना गर्ने मात्र हुँदा हामी ‘प्रोडक्टिभ’ हुन सक्दैनौँ । आफूले पनि समाजका लागि योगदान गर्न सकिन्छ भनेर सबै लाग्नुपर्छ । मिडियाले पनि समाज रूपमान्तरणका लागि भूमिका खेल्नुपर्छ । हामी सेलिब्रेटीले पनि समाज रूपान्तरण गर्नका लागि पनि यस्तै भूमिका खेल्न सक्छौँ । पुराना पुस्ताका अनुभव, अगुवाइ र विद्यार्थी, युवापुस्तामा केही गर्ने जोश, जाँगर र यिनीहरूको ऊर्जालाईसमेत हामीले सही रूपमा प्रयोग गर्न सक्यौँ भने हामी प्रगति गर्न सक्छौँ ।

 

 

राजनीतिकै कुरा गर्दा नयाँ–नयाँ पुस्ता राजनीतिमा आइरहेका छन् । शिक्षा र प्रगतिका हिसाबले मान्छे प्रगतिउन्मुख हुँदै गएको छ । तर, राजनीतिक चेतनाको हिसाबले अगाडि आएको छ कि पछाडि नै भन्नेमा संशय नै छ । अमेरिकादेखि भारत र नेपालसम्म आउँदा विकास तथा प्रविधि, शिक्षा र स्वास्थ्यका लागि भन्दा पनि साम्प्रदायिक कुरा गर्ने अथवा धर्मको कुरा गर्ने प्रचलन बढी छ । विज्ञानको दुनियाँमा पनि मान्छेहरू धर्म र सम्प्रदायका विषयमा रोमाञ्चित भएको देखिन्छ, सर्वसाधारणले पनि समर्थन गरेको देखिन्छ । यसरी दुनियाँ फेरि पछाडि फर्केको जस्तो लाग्दैन ? 
कुनै पनि नयाँ कुरालाई अपनाउनु छ भने यसका लागि तयार छौँ कि छैनौँ भनेर बुझ्नुपर्छ । पुराना कुरा राम्रा छन् भने किन छाड्ने ? नयाँ भन्नेबित्तिकै सबै कुरा राम्रो हुन्छ भन्ने हुँदैन । भोलि नेपाली भाषा छोडिदिऔँ अर्को भाषा खोजौँ भनेर हुन्छ त ? पक्कै हुँदैन । सभ्यता, संस्कार, संस्कृतिको राम्रो कुरालाई अपनाउनुपर्छ । कायम राख्नुपर्छ ।

दुनियाँले प्रगति गरेको छ । नयाँ कुरालाई पनि विस्तारै अपनाउनुपर्छ । एकैपटक अपनाउनखोज्दा भएको पनि हराउन सक्छ । एकैपटक नयाँ कुरालाई अपनाउनखोज्दा नै हामी फेल खाएका हौँ । जे कुरा हाम्रा हजुरबुबादेखि संस्कृतिका रूपमा मान्दैै आएका छौँ यसलाई नमानेर हुन्छ ? नयाँ प्रगति पनि होस् र पुरानो सभ्यता कायम राख्छौँ भन्ने सन्देश संसारलाई दिन सकिन्छ भन्नेमा लाग्नुपर्छ ।

यहाँले असाध्यै राम्रा सिनेमामा खेल्ने अवसर पाउनुभयो । सौदागर फिल्ममा दिलीपकुमार, राजकुमारदेखि अहिलेका स्टारसँगसमेत अभिनय गर्नुभयो । तर, अहिले सिनेमाको कथा मात्र होइन बजारको विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ । रिलिज भएको दिन फिल्मले कति कमायो ३० करोड वा ४० करोड ? एउटा सिनेमाले एक सय करोड कमायो कि एक हजार करोड भन्ने पनि चर्चा हुन थालिसक्यो । तपाईंलाई आफ्नै करिअरलाई ‘रिभिजिट’ गर्दा इन्डस्ट्रीमा त गइयो, तर अलि छिटो भइएछ र अहिले भए त्यो ‘नेम’, ‘फेम’ र ‘मनी’ अलिकति बढी हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन ?
हामी एउटा भाग्य लिएर आएका हुन्छौँ भन्ने कुरामा म विश्वास गर्छु । भाग्यमा जति काम गनस् लेखेको हुन्छ, त्यति नै पाइन्छ । मनलाई नियन्त्रणमा राखिएन भने जति पाए पनि असन्तोष मात्रै र जति सफलता पाए पनि असन्तुुष्टि नै हुन्छ । आफ्नो काम गर्नुपर्छ, काममा चुनौतीको सामना गर्नुपर्छ । हाम्रा वेलामा अहिलेको जति पैसा पाइँदैनथ्यो । तर, अहिलेका पुस्ताले पाउने पैसा हाम्रा पालाको भन्दा चार–पाँच गुणा राम्रो थियो । योभन्दा पछाडिका पुस्ताले झन् धेरै कमाउँछन् । यो जीवनको प्रक्रिया हो । फिल्मका लागि अहिले पिआरमा धेरै ध्यान जान्छ । पिआर र पब्लिसिटी कन्टेन्टमा हुनुपर्छ । म भने सन्तुलनलाई महत्व दिन्छु । कन्टेन्ट महत्वपूर्ण हो । कन्टेन्ट नै छैन भने जति पिआर भए पनि त्यो राम्रो हुँदैन ।

म धेरैजसो बम्बईमा बसें । सिनेमाको अफर त्यता आएकाले त्यहीँ फिल्म खेलेँ । अहिलेका युवापुस्ताबाट राम्रो सिनेमा आइरहेको छ । राम्रो स्क्रिप्ट र राम्रा डाइरेक्टर पाए नेपालमा सिनेमा गर्न तयार छु ।

मलार्ई नि दुःख लाग्छ, म पनि कहिलेकाहीँ रुन्छु । रोएपछि लाग्छ, यो दुःखको पल पनि जान्छ र राम्रो समय पनि आउँछ । जीवन भनेको निरन्तरता परिवर्तन भइरहने अवस्था हो । कठिनाइ आउँछन् भने यसबाट केही सिक्नुपर्छ ।

‘१९४२ अ लभ स्टोरी’, ‘खामोसी’लगायतका तपाईंका फिल्म प्रेरणादायी मानिन्छन् । पछिल्लो समयमा तपाईंको फिल्म आयो, ‘डियर माया’ । विगतमा कति सिनेमा ‘कमर्सियल’ उद्देश्यले गरियो र कति कलाका लागि गरियो ? भन्ने केही समीक्षा गर्नुभएको छ ?
हो, गरेको छु । म ३० वर्षको हुँदा पैसा हेरेर सिनेमा छनोट गर्थें । जसले मलाई पैसा धेरै दिन्थ्यो, म उसको फिल्म खेल्थेँ । अहिलेचाहिँ धेरै कन्टेन्ट हेर्छु । अहिलेको जुन दर चलेको छ यसमा कन्टेन्ट र कमर्स दुवै मिक्स भयो भने ‘विनविन सिचुएसन’ हुन्छ । जस्तो ‘दंगल’लाई हेर्न सकिन्छ । यसमा छोरीलाई ‘फाइटर’ बनाएर छोरीलाई प्रोत्साहन गरिएको छ । यो धेरै सफल भएको छ । कमाइको हिसाबले यसले रेकर्ड नै तोड्यो । चाइनामा सुपरडुपर हिट भयो । करोडौँ, अर्बौं कमाएको छ । मेरो चाहना कन्टेनबेस सिनेमा कमर्सियल्ली पनि सफल होस् भन्ने छ । हेर्दै जाउँ के हुन्छ ।

तपाईंले धेरै कुरा जनतालाई प्रेरणा होस् भनेर सेयर गर्नुभएको छ । ठाउँ–ठाउँमा प्रवचन पनि दिनुभएको छ । जीवनको समीक्षा त गरिन्छ, तर आफ्नै जीवनलाई पुनर्लेखन गर्न पाएमा कसरी लेख्नुहुन्थ्यो ? के–के घटनालाई आफ्नो जीवन, इतिहासबाट हटाएर के–के कुरालाई जोड्नुहुन्थ्यो ? 
मलाई क्यान्सर भएपछि धेरै कुरा सिकेँ । क्यान्सरभन्दा अघि धेरै कुरामा अन्धकारमा बाँचेको रहेछु भन्ने लाग्छ । किनभने त्यसअघि जीवनलाई त्यति महत्व दिँदैनथेँ । स्वास्थ्यलाई महत्व दिन्नथेँ । करियरलाई पनि राम्रो चलिरहेको छ भन्ने भित्रैबाट लिन्थेँ ।

जब मलाई अन्तिम स्टेजको क्यान्सर थियो, तब मेरो अन्त्य सुनिश्चित छ भन्ने लाग्यो । जब मलाई म मर्छु भन्ने लाग्यो, त्यतिवेला जीवनलाई रिभाइज गरिँदोरहेछ । कहाँ–कहाँ गल्ती गर्यौँ, कहाँ, कसलाई दुःख दियौँ, के गर्दा राम्रो होला भनेर सम्झिने प्रक्रियामा म पनि गएँ । तर, मेरो यो प्रक्रिया छोटो भएन । दुई–तीन महिना लामो भयो । यसबीचमा म बाँच्छु भन्ने आशा नै थिएन ।

मेरो जीवनमा क्यान्सर एउटा ‘ब्लेसिङ’को रूपमा आयो । क्यान्सरले अँध्यारोबाट उज्यालोतिर ल्यायो । यसबाट के देखेँ भने जीवन पाएपछि मृत्यु त हुन्छ हुन्छ, जन्म र मृत्युबीचको जीवनको जुन समय हुन्छ, यसलाई कसरी सदुपयोग गर्ने, कसरी राम्रोसित उपयोग गर्ने ? भन्नेमा जीवन निर्भर रहन्छ । साना कुरामा अल्झिँदा हाम्रो मृत्यृ एक दिन आउँछ भन्ने हामी बिर्सन्छौँ ।

परबाट हेर्दा मेरो जीवन राम्रो लाग्न सक्छ । तर, त्यो कठिन छ भन्ने कुरा भोग्ने व्यक्तिलाई मात्र थाहा हुन्छ । जतिसुकै प्रगति गरेको मान्छे होस्, जतिसुकै ठूलो र पैसा भएको मानिस होस् उसको जीवनमा समस्या आउँछ ।

मलार्ई दुःख लाग्छ, म पनि कहिलेकाहिँ रुन्छु । रोएपछि लाग्छ, यो दुःखको पल पनि जान्छ र राम्रो समय पनि आउँछ । जीवन भनेको निरन्तर परिवर्तन भइरहने अवस्था हो । कठिनाइ आउँछन् भने यसबाट केही सिक्नुपर्छ ।

क्यान्सरका विषयमा कुरा गर्दा यसलाई हेर्ने सोच नै अत्यन्त जटिल छ । कसैलाई क्यान्सर लाग्यो रे भनेपछि उसको जीवन अब रहँदैन भन्ने चलन छ । नेताले भाषण गर्दा होस् वा मिडियामा टिप्पणी दिँदा, भ्रष्टाचार भनेको क्यान्सरजस्तो भयो भनिन्छ । जब कि भ्रष्टाचार भनेको विकृति हो, क्यान्सर भनेको नियति हो । क्यान्सरलाई हेर्ने दृष्टिकोणमा नै हामीमा समस्या छ । तपाईंले कति अवलोकन गर्नुभएको छ ?
कुनै पिर्ने रोग छ भने अरूलाई बताउनु हुँदैन भन्ने मानसिकता हामीमा छ । किनकि, हामी यस्तो भन्न लाज मान्छौँ । अरूले के भन्छन्, के सोच्छन् भन्नेमा जान्छौँ । गरिब परिवारमा छोरालाई क्यान्सर लाग्दा सकेसम्म परिवारमा लुकाउन खोज्छौँ । बच्चालाई अरूसँगै खेल्न पठाउँदैनौँ । समाजले बहिष्कार गरिदिन्छ । तर, मलाई क्यान्सरलाई लुकाउन हुँदैन । धेरै कुरा सेयर गर्दा अरूले पनि आफ्नो पीडा सेयर गर्ने बाटो खुल्छ । अरूलाई पनि प्रोत्साहन मिल्छ । रोगसँग जुध्नुपर्छ । तर, यसलाई लुकाउन हुँदैन । आज मेडिकल साइन्स धेरै नै एड्भान्स भइसकेको छ । डाक्टरकहाँ जाने सही उपचार गर्दा यो रोग पनि निको हुन्छ । धेरै मान्छे चिनेकी छु, धेरैसँग बुझेकी छु । नेपालमै पाठेघरको अन्तिम अवस्थाको क्यान्सरलाई निको पारेर रोगबाट उम्किनुभएका मानिसहरू हुनुहन्छ । कतिलाई यसबाट फाइदा नभएको हुन सक्छ । तर, मिडियाले सकारात्मक समाचार दिएर यस्ता रोगको पहिचान र उपचार सम्भव छ भन्ने सन्देश दिनुपर्छ ।

मेरा चार जीवन दर्शनः मनिषा

 

स्वस्थ जीवन
जब म क्यान्सरबाट गुज्रिएँ यो नै जीवनको सबैभन्दा महत्पूर्ण पक्ष हो भन्ने लाग्छ । क्यान्सर निको भएपछि स्वस्थ जीवन जिउन के–के गर्नुपर्छ भन्नेतिर ध्यान दिइरहेकी छु । यसका लागि रिसर्च गरिरहेकी हुन्छु । साथीसंगी र डाक्टरहरूसँग पनि कुराकानी गरिरहेकी हुन्छु । खासमा भन्नुपर्दा आफू पनि स्वस्थ्य जीवन जिउने र अरूलाई पनि बताउने जीवन म जिइरहेकी छु ।

मेरो परिवार : जसले  अप्ठ्यारोमा साथ दियो
अर्को महत्वपूर्ण पाटो मेरो परिवार हो । सानैदेखि कोइराला परिवारको संयुक्त परिवारको सम्बन्धमा म हुर्किएँ । अहिले पनि आमाबुबा, भाइ बुहारीसँगै बस्छु । आमाबुबासँग गुणस्तरीय समय बिताउन खोजिरहेको छु । बिरामी पर्दा नजिकका चार–पाँचजनाले मात्र साथ दिने रहेछन् । तर, यति ठूलो दायरा भएकी मलाई परिवारबाहेक अरूको नजिकबाट साथ रहेन । त्यही हिसाबले मलाई अप्ठ्यारो अवस्थामा साथ र हौसला दिने परिवारका व्यक्तिसँग भएको ‘रिलेसनसिप’लाई महत्व दिइरहेकी छु ।

फिल्म करिअर : जसले यहाँसम्म ल्यायो 
अर्को फिल्म र करिअर मेरा लागि महत्वपूर्ण छ । किनकि, म कलाकार हुँ । मैले २५ वर्ष बलिउडमा कलाकारिता गरेँ । यसका लागि आफ्नो उमेर, क्षमताअनुसार कसरी धेरैभन्दा धेरै उपयोग गर्ने भनेर लागेँ । यो वर्ष तीन–चारवटा सिनेमा गरेकी छु । यसलाई दर्शकहरूले मन मराउनुहुन्छ भन्ने सोचेकी छु । कलाकार हुनुको नाताले म सन्तुष्ट छु, अझै राम्रो गर्न चाहन्छु ।

समाजमा सकारात्मक सन्देश दिन चाहन्छु 
मेरो अर्को जीवनदर्शन भनेको सामाजिक उत्तरदायित्व पनि हो । पहिले धेरै भीड भए पनि चार–पाँचजना मात्र मेरो निकट आए । मैले नचिनेको, नभेटेको एकजना मानिसले मलाई अमेरिकामा उपचार गर्दा सहयोग गर्नुभयो । मसँग उहाँको स्वार्थ थिएन, लगाव थिएन । मबाट आशा पनि थिएन । तर, पनि मलाई सहयोग गर्नुभयो । यस्तो सहयोग पाएपछि अरूलाई पनि मद्दत गर्नुपर्छ र कसरी गर्न सकिन्छ भनेर म कोसिस गरिरहेकी छु । उहाँले पनि स्वस्थ भएर यो अरूका लागि काम गर्न प्रेरित होस् भनेर सहयोग गर्नुभएको रहेछ । नेपालमा बसेपछि समाजमा योगदान गरौँ भन्ने प्रयत्नमा छु । समाजमा अरूलाईसमेत कस्तो सहयोग गर्न सकिन्छ भनेरै लागिरहेकी छु ।

फोहोर भौतिक मात्र होइन, किटाणु, रोग निम्त्याउने, प्रदूषित वातावरण मात्र होइन । यो मानसिकता पनि हो । वातावरण मात्र सफा बनाउने नभएर हामी आफू सफा हुने, कपडा सफा राख्ने, घरलाई सफा राख्छौँ कि राख्दैनौँ ? हामी बसेको वातावरणलाई सफा राख्छौँ कि 
राख्दैनौँ ? यी सबै हाम्रो विचार सफा छ कि छैन भन्ने विषयसँग जोडिन्छ ।

हाम्रोजस्तै प्राकृतिक सुन्दरताले भरिएको देश न्युजिल्यान्डमा नदी, खोलालाई कसैले फोहोर, गरे, अतिक्रमण गरे सरकारले कारबाही र जरिवाना गराउँछ । हामीले पनि नदीनाला बचाउन यस्तै कारबाहीलाई बढावा दिनुपर्छ ।

क्यान्सरको जनचेतनाका लागि पनि काम गरिरहेकी छु । मेरो आफ्नो एनजिओ छैन, असल मान्छेलाई खोजेर जनहितका लागि काम गरिहेकी छु । भारतमा पनि क्यान्सरबारे जनचेतना फैलाउने यस्तै काम गरिरहेकी छु । म स्वयं पनि पाठेघरको क्यान्सरबाट मुक्त भएको मान्छे, अब सेप्टेम्बरमा क्यान्सरसम्बन्धी जनचेतनाका कार्यक्रम गर्दै छौँ ।

 

photo

NOC1-250x300