भक्तपुरमा पहिरोले घर भत्कँदा एकै परिवारका तीन सदस्यको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ ।

Duban_1_6_

जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा  ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो ।

छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको प्रहरीले जनाएको छ ।

यसबीच हनुमन्ते खोलाको बाढी पस्दा अवरुद्ध राजमार्ग पानीको सतह घटेपछि खुलेको छ  भने बाढीमा फसेकाहरूको डुंगा र क्रेनको सहायताले उद्धार जारी रहेको प्रहरीले जनाएको छ । 

 

photo

NOC1-250x300