ब्राजिलयन स्टार खेलाडी ड्यानी एल्भ्स घाइते

विश्वकप सूरुवात हुन अब एक महिनामात्र बाँकी रहेको छ । तर, महत्वपुर्ण खेलाडी घाइतेभएपछि ब्राजिललाई झट्का लागेको छ ।

dani

लिगामेन्टमा चोट लागेपछि ब्राजिलयन स्टार खेलाडी ड्यानी एल्भ्स लगभग ६ महिनाका लागि खेल्न नसक्ने भएका छन् । कउप डे फ्रान्सका क्रममा उनी घाइते भएका थिए ।

३५ वर्षिय ड्यानी ब्राजिलका महत्वपुर्ण खेलाडी हुन् । ब्राजिलका प्रशिक्षक टिटेले ब्राजिललाई ठुलो झट्का लागेको बताएका छन् ।

ड्यानीले विश्वकपका लागि आफु फिट हुने बताएका थिए तर, चिकित्सकहरुले उनको सर्जरी गर्नुपर्ने बताएपछि लामो समयकालागि उनी मैदान बाहिर हुने भएका छन् ।

अब उनको बिकल्पमा ड्यानिलो र राफिन्हा कसलाई लिने प्रशिक्षक टिटेको जिम्मेवारी बनेको छ ।

NOC1-250x300