बिर्सेर हैरानै भयो ! के होलान् त बिर्सिनुका कारणहरु ?

 

संजय कुमार पन्त



भारतमा इन्जिनियरिङ्ग अध्ययन गदै गरेका सन्तोष क्षेत्रीले भने, सर पहिले म यति धेरै बिर्सिन्नथे, आजकल किन होला ?

औषधिविज्ञान पढिरहेकी सिर्जना भण्डारीले विस्मृतिको कारण अङ्क हासिल गर्न गाह्रो भएको र कारण जान्ने इच्छा व्यक्त गदै थिइन् ।

मेरो एकजना मित्रले आफ्नो फोन नम्बर याद नभएर मेरो मोबाइलमा मिस्डकल गरेको अझै स्मृतिमा ताजै छ ।

यी माथिका उदाहरणहरु दैनिक जिवनका भोग्न हामी अभिसप्त भएका छौ । विस्मृति (बिर्सिनु)को पछाडी केही कारणहरु छन् । तर तिनको चर्चा गर्नु अघि विस्मृति(बिर्सिनु) भनेको चै के हो ? यसको चर्चा गरैन ।

विस्मृति भनेको के हो ?
विगतका कुराहरु अस्थाई वा स्थायी रुपमा सम्झिन वा याद गर्न नसक्नुलाई नै विस्मृति भनिज्छ । हामीले जीवनमा हजारौ अनुभवहरु सम्झिनु पर्ने हुन्छ । तर ती सबै जस्ताको त्यस्तै सम्झिनु एउटा निकै गाह्रो काम हुन सक्दछ ।
कतिपय सन्दर्भमा विर्सनु राम्रो हुन्छ किनकी पिडादायक अनुभव संगाल्दा दु खी भईन्छ । तर महत्वपूर्ण कुराहरु बिर्सिदा भने अझै दु खी भइने कुरामा शंङ्का छैन। स्मृतिक्षय हुनुको कारण र विस्मृतिको बिच खासै भिन्नता छैन ।

विस्मृति (विर्सनु) का प्रकारहरु
जिवनको अनुभवहरुबाट विस्मृतिलाई दुई भागमा बुझन सक्छौ ।
१) निष्क्रिय विस्मृति (Passive forgetting)
२) सक्रिय विस्मृति (Active forgetting)

निष्क्रिय विस्मृति
मलाई स्कुलका लेखा पढाउने एक जना सरको अनुहार याद छ तर नाम पटक्कै स्मरण रहेन  ।
यो माथिको उदाहरण निष्क्रिय विस्मृति को हो, जहाँ विर्सिने कुनै इच्छा नहुदाँ नहुदै पनि विर्सिइन्छ । समय बित्ने क्रममा हामीले पहिले जानेको वा सिकेको

कैयन कुराहरु (अनुभवहरु ) विर्सिन्छौ ।

सक्रिय विस्मृति
यसलाई असाधरण विस्मृति पनि भनिन्छ, जस्तै सानो बेलामा पौडी खेल्दा खोलाले बगाएको ।
यस्ता दु खत घटनाहरुलाई हामी जवरजस्ती विर्सिन खोज्छौ । फ्रायड भन्छन् यस्ता पिडादाई क्षणहरु दबाब (सुप्रेसन) द्वारा विस्मृत हुन्छन् । यस प्रक्रियामा पिडादाई र तिता अनुभवहरु अवचेतन मनको तहमा पुग्दछ र विस्तारै विर्सिइन्छ ।
हामी किन विर्सिन्छौ ?
सामान्य अवस्थामा बिर्सिनुको कारण बुझ्न त्यति गाह्रो पदैन । तर अधिकांस घटनाहरुको उत्तर पाउनु एउटा जटिल प्रयास हुनसक्छ ।

 बिर्सिनुको कारणहरु:-

१) इच्छाशक्तिको अभाव
यदि हामीलाई कुनै व्यक्तिको बारेमा जान्नु नै छैन भने सँगै वर्षौ काम गरेनी  उसलाई बिर्सिदिन्छौ । ठिक त्यस्तै सिक्ने प्रकृयाका पनि इच्छा अभावमा हामी सहि मात्रामा स्मरण गर्न सक्दैनौ ।

२) विचलनको प्रभाव 
सिक्ने बेलामा यदि हामीमा विचलन आएमा सिकाई पूर्ण हुन सक्दैन। वातावरणमा खलल् पार्ने कार्य भइरहे सम्म एकाग्रता सम्भव हुदैन र सिकाई पूर्ण रुपमा प्रभावित बन्दछ ।

३) सिकाइको कमजोर प्रभाव
शिक्षण सामाग्रीहरु फितलो वा विधार्थीमा यसको कम प्रभाव पर्दा सिकाई प्रर्याप्त हुन सक्दैन। र अध्ययन सामाग्रीहरु विस्मृति नजिक पुग्दछ।

४) अध्ययनको बखत दिवासोप्नमा हराउनु
कक्षामा सिकाई वा अध्यापनको समयमा विभिन्न किसिमका अन्य कल्पनाहरुमा रमाएर बस्दा स्मृति कमजोर हुन पुग्छ।

५) समयसिमा
समयको गति सँगै सिकेका कुराहरु प्रयोगमा नल्याउँदा क्रमश बिर्सिदै गईन्छ । यसलाई मनोवैज्ञानिकहरुले निस्क्रिय क्षति भनेका छन्।
निरन्तर प्रयोगमा नआएका सिकाइका स्मृतिछापहरु क्रमश कमजोर हुदै अन्नत: स्मृतिबाट हटेर जान्छ ।

६) सक्रिय विस्मृति
चाहेर नै हामी कतिपय व्यक्ति वा घटनाहरु बिसिदिन्छौ । तनाव वा पिडा दिने क्षणहरु विसिदा तत्काललाई त राम्रो हुन्छ नै । तर धेरै पछि दवाउदै लगिएका त्यस्ता क्षणहरु स्मृतिमा ल्याउन निकै गाह्रो पर्छ र अन्नत: विस्मृत हुन पुग्दछ ।

७) पुर्नविचारको कमी
समय समयमा सिकेका कुराहरु नदोर्याउदा पनि विधार्थीहरुले बिसिने गर्दछन् ।

८) तनाव र भावनाहरुको बृद्वि
तनाव र विस्मृति बिच गज्जबको सम्बन्ध छ। जिवनमा तनाव बढ्दा विस्मृति बढ्छ र विस्मृति बढ्दा तनाव बढ्ने गर्छ। यसै गरी हामी डर, रिस वा प्रेमको भावनामा बगिरहेका हुन्छौ भने तत्काल सिकेका वा अनुभवमा ल्याएका ज्ञानहरु स्मृतिमा रहदैन। परिक्षामा आत्तिने/डराउने रोग पनि तनाव र भावनाहरुको बृद्विले नै हुने गर्छ ।
१०) कमजोर स्वास्थ्य र असन्तुलित मानसिक अवस्था
जब विधार्थीको स्वाथ्य कमजोर हुदै जान्छ, तब एकाग्रता उ बाट टाढा हुन्छ । फलत स्मरण कमजोर हुन्छ । अनि मानसिक अवस्थामा सन्तुलन गुम्दा पनि स्मरण पूर्णत: प्रभावित हुन्छ । मष्तिस्कमा चोट लाग्दा पनि विस्मृति हुने गर्दछ ।

११) कमजोर बौद्विक क्षमता
विधार्थीको बौद्विक क्षमता कमजोर हुदाँ पनि सिकाइ प्रभावित हुन्छ र बिर्सनु नै नियति हुन पुग्दछ ।

१२) उत्प्रेरक अवस्थामा परिवतर्न
सिकाईको क्षण र स्मरणको क्षण बिच उत्प्रेरक भिन्न भएमा पनि विस्मृति हुने गर्दछ । एउटा बालकले यदि तस्विरमा चराहरु चिनेको छ भने उसलाई तस्विरको अनुपस्थ्तिीमा चराहरु चिन्न निकै असहज हुन्छ ।

१३) साङगठनिक हस्तक्षेप
पहिला सिकेका पाठहरु यदि पछि पनि दोहरीन गएमा ती शब्दहरु बीचको सुसंगठनमा अवरोध आउछ । पूर्व सिकाईले पछिको अनुभवलाई दबाई दिन्छ । अथवा कहिले काही ठिक उल्टो पनि हुन सक्छ ।

यी बाहेक पनि अन्य विभिन्न कारणहरु जस्तै कमजोर सिक्ने बानी, थकान,

सिकाइको योजनाको अभाव वा सिकाई व्यवस्थित हुन नसक्दा

पनि हामीले पढेका वा अनुभव गरेका कैयन कुराहरु बिर्सिन्छौ ।

 

 

 

 

 

ads