बिकिनी लगाएर यात्रुको सेवा गर्छन् यी एयरलाइन्सका एयरहोस्टेस

भियतनामको वियतजेट एयरलाइन्स आफ्नो वास्तविक नामले भन्दा पनि अहिले ‘बिकिनी एयरलाइन्स’ को नामले चर्चामा छ । यो एयरलाइन्सको विशेषता पनि नाम जस्तै छ । महिला व्यवसायी एन थी फुयोगद्वारा सञ्चालित यो एयरलाइन्सका एयरहोस्टेसहरु बिकिनी लगाएर यात्रुहरुको सेवा गर्छन् ।

airline-768x432

केही देशहरु बिकिनी होस्टेसको विरोधी रहेका कारण यो एयरलाइन्स संसारकै सबैभन्दा विवादस्पद एयरलाइन्स बन्न पुगेको छ । थाइल्याण्ड, भियतनाम, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया, हङकङ र ताइवानमा यसले आफ्नो सेवा विस्तार गरेको छ । खबरहरुका अनुसार यसै वर्षको जुलाई र अगस्ट महिनाको बीचबाट यसले भारतमा आफ्नो सेवा विस्तार गर्दैछ ।

यो एउटा बजेट एयरलाइन्स हो । यसमा बिजनेस क्लास छैन र इकोनमी क्लासको मात्र सुविधा छ । बिकिनी एयरलाइन्सको नामले चिनिने यो बियतजेट एयरलाइन्सले २०१२ मा आफ्नो वार्षिक क्यालेण्डर प्रकाशित गर्न सुरु गरेपछि त्यस्तो नाम रहन गएको हो । उक्त क्यालेण्डरमा अटेन्डेन्ट, पाइलट र ग्राउण्ड स्टाफहरुले बिकिनी लगाएको तस्वीर बाहिर आएको थियो ।

 

photo

NOC1-250x300