बलात्कार गर्न खोजेको भन्दै १३ वर्षकी किशोरीले ६५ वर्षका हजुरबुवाको गरिन् हत्या

रामेछाप। रामेछापमा १३ वर्षीया एक बालिकाले ६५ वर्षीय वृद्धको हत्या गरेकी छन्। बालिकाले आफूलाई बलात्कार गर्न खोजेको भन्दै रामेछाप नगरपालिका–७ रजरगाँउ बस्ने ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रड प्रहार गरी हत्या गरेकी हुन्।

६५ वर्षीय श्रेष्ठ ती बालिकाको नातामा हजुरबुवा पर्ने बताइएको छ। जंगलमा घाँस काट्‌न जाने क्रममा श्रेष्ठले पछाडीबाट आफूलाई समातेको भन्दै बालिकाले फलामको रड प्रहार गरेको प्रहरीले बताएको छ।

प्रहरीले जनाएअनुसार रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

photo

NOC1-250x300