बलात्कारको आरोप लागेपछि रोनाल्डोले दिए यस्तो प्रतिक्रिया

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले आफुमाथि लागेको बलात्कारको आरोपबारे प्रतिक्रिया दिएका छन् । उनले उक्त आरोपको खण्डन गरेका छन् ।

Ronaldo

केही दिन अगाडि एक महिलाले रोनाल्डोविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । उनले सन् २००९ मा ती महिलालाई बलात्कार गरेको मिडिया रिपोर्टमा बाहिर आएको थियो ।

रोनाल्डोले ती अमेरिकी महिलाको मिडिया बाजी गर्ने षडयन्त्र भएको बताएका छन् ।

उनले इन्टाग्राममा भिडियो पोस्ट गर्दै आफ्नो प्रतिक्रिया दिएका हुन् ।

रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

ती महिलाका अनुसार लसभेगसको एक होटलमा रोनाल्डोले उनलाई बलात्कार गरेका थिए ।

ती महिलाले पनि कानुनी बाटो लिएको बताइएको छ । सन् २०१० मा उनीहरुबीच ३ लाख ७५ हजार डलरमा सहमति भएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

 

 

photo

NOC1-250x300