फोरमलाई पनि सरकारमा ल्याउन तयारी 

फागुन १०, काठमाडौं । राजनीतिमा स्थायित्व दिदै बिकासको गतिलाई  तीव्रता दिन एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ ।

त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ ।एमाले र फोरमका दोस्रो तहका नेताबीच बुधबार कुराकानी भएको थियो । ‘एमालेसँंग कुराकानी सकारात्मक भएको छ, शीर्ष तहमा पुनस् छलफल गरी संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ,’ फोरम नेता रामसहाय यादवले भने, ‘संविधानको विषयमा साझा समझदारी बनेपछि सरकारमा जानेरनजानेबारे औपचारिक टुंगो लाग्नेछ ।

 

photo

NOC1-250x300