प्रीयंका कार्की फेरि हट अवतारमा (भिडीयो)

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । हुकुम बक्सियोसको सफलता पछी सार्वजनिक भएको गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छिन । मिना निरौला र राजन इशानले गएको गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ ।

priyanka 

निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । गीतलाई कविराज गहतराजले कोरीयोग्राफ गरेका हुन् । मङ्सिर २८ मा रिलिज हुने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । हेर्नुस् भिडियो :-

उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

 

photo

NOC1-250x300