प्रियंकाले जब यस्तो रहस्यको खुलासा गरिन्

एजेन्सी, ४ जेठ –  १७ वर्षपहिले मिस वल्र्ड बनेकी प्रियंका चोपडाले बलिउडमा यो अवस्थासम्म पुग्न कडा मेहेनत गरेकी छिन् । बलिउडबाट करियरको शुरुवात गरेकी उनले हलिउडसम्म पुग्ने निकै संर्घष गर्नुपरेको थियो ।
priyanka-chopra-115598614

हालै उनकी आमा मधु चोपडाले उनको बारेमा एउटा राज खोलेकी छिन् । उनले प्रियंका चोपडापनि कास्टिङ्ग काउचको शिकार भएको उनले १० वटा भन्दा बढि फिल्म रिजेक्ट गरेको बताइन् ।

मधु चोपडाले एक अन्तरवार्ताको दौरान प्रियंकाको बारेमा खुलासा गर्दै भनिन् , ‘जब प्रियंका आफ्नो करियरको शुरुवातमा थिइन् तब उनले निकै शोषण सहनुपरेको थियो । तर उनले कुनै पनि कुरामा सम्झोता नगरि अगाडि बढकी थिइन् ।

उनले भनिन्, एक डिजाइनरले उनलाई निकै छोटो कपडा लगाउन लगाएको थियो र भनेको थियो , छोटो कपडा नलगाउने भए क्यामराको अगाडि मिस वल्र्डलाई ल्याउनुको के अर्थ ? तर उनले उक्त फिल्म नै छोडिदिइन् ।’

NOC1-250x300