प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त

३ नम्बर प्रदेशको मुख्यमन्त्री एमाले प्रदेशसभा संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले–माओवादी केन्द्रले संयुक्त पत्र पठाएपछि प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री चयन गरेकी हुन् । पौडेल मकवानपुर– १ (ख)बाट २० हजार ७०३ मत ल्याएर निर्वाचित भएका हुन् ।465970337Dormani-poudelमुख्यमन्त्रीको सपथ सोमबार ९ बजेका लागि तय भएको छ भने पद बहाली ११ बजे हुनेछ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद्) छ । त्यसैले पौडेलले विश्वासको मत जित्नुपर्नेछैन ।

 

photo

NOC1-250x300