‘प्रत्येक पाँच सेकेन्डमा एक बालबालिकाको निधन हुन्छ’

संयुक्त राष्ट्रसंघको एउटा एजेन्सी युनिसेफको प्रतिवेदनमा सन् २०१७ मा मात्र १५ वर्ष मुनिका ६३ लाख बालबालिकाहरुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । तथ्यांकमा प्रत्येक पाँच सेकेण्डमा एउटा बालबालिकाको मृत्यु हुने गरेको पाइएको उल्लेख छ ।

Thailand-cave-rescue-happy-e1531294280179

यस्तो मृत्यूको कारण पिउने पानी, सरसफाई, पोषकतत्व र आधारभूत स्वास्थ्य सेवाको कमि रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो आँकडाभित्र मृत्यु हुने अधिकांश पाँच वर्ष मुनिका बालबालिका रहेको जसको संख्या ५४ लाख रहेको पाइएको छ । जन्मे लगत्तै मर्ने शिशुको संख्या भने आधा रहेको उल्लेख छ ।

युएनको बालबालिका कोष युनिसेफकी विज्ञ लौरेन्स च्याण्डीले सामान्य उपचार, सफा पानी, विद्युत, खोप मात्र पनि प्रदान गर्न सकियो भने मृत्युदरमा नाटकीय गिरावट आउने बताउँछिन् ।

तर तत्काल कुनै कदम नचालिए यो समयदेखि २०३० को बीचमा पाँच वर्षमुनिका पाँच करोड ६० लाख बालबालिकाको मृत्यु हुने उनको प्रक्षेपण छ । तीमध्ये आधा नवजात शिशु हुनेछन् ।

२०१७ को उक्त विश्वव्यापी अध्ययन भएको प्रतिवेदनलाई हेर्ने हो भने मर्ने बालबालिकामध्ये आधा अफ्रिकाका रहेका बताइएको छ ।

 

photo

NOC1-250x300