पाइलट पृथुला रसिदकाे मृत्यु

 फागुन २८

 
 
 


पाइलट पृथुला रसिद

 
 

दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ।

काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेकाे छ जसमा पृथुलाकाे नाम समावेश छ। यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैकाे केएमसी अस्पतालमा मृत्यु भएकाे हाे।

केएमसीमा मृत्यु भएका ८ मध्ये ६ को नाम खुलेको हो। मृत्यु हुनेमा नेपालीहरु हरिसंकर पौडेल, प्रविन चित्रकार,सजना देवकोटा रहेका छन। अन्य दुईको नाम ठेगाना खुल्न सकेको छैन।

साेमबार दिउँसाे युएस बंगलाकाे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा कम्तिमा ४९ जनाकाे मृत्यु भएकाे छ। मृतककाे संख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

NOC1-250x300