पाँच सय करोड क्लबमा ‘संजू’

यतिबेला बलिउडमा फिल्म ‘संजू’को चर्चा व्यापक छ । फिल्मका कारण अभिनेता रणबीर कपूरले प्रशंसा बटुलिरहेका छन् ।

sanju

बक्स अफिसमा ‘संजू’ले उत्कृष्ट व्यापार गरेको छ । फिल्म रिलिज भएको लगभग १५ दिन भएको छ । यसबीचमा फिल्मले धेरै रेकर्डहरु बनाइसकेको छ ।

फिल्मले भारतमा मात्र तीन सय करोड कमाइसकेको छ । विश्वभरको कलेक्शनलाई आधार मान्ने हो भने यसले पाँच सय करोडको आँकडा पार गरिसक्यो । रिलिजको तीन दिनमै फिल्मले सय करोडको आँकडा छोएको थियो ।

 

photo

NOC1-250x300