‘पद्मावती’को ट्रेलर सार्वजनिक (भिडीयो)

संजयलिला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतीको ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोण, रनबीर सिंह र शाहिद कपुरको मुख्य भूमिका रहेको फिल्म पहिले देखि नै चर्चामा थियो ।

images (1)

इतिहासमा हुने विभिन्न पौराणिक घटनालाई पर्दामा उतार्न माहिर निर्देशक भन्सालीले यसअघि बाजिराव मस्तानी बनाएका थिए । साथै रामलिला पनि भन्सालीकै फिल्म हो । सोमबार रिलिज गरिएको पद्मावतीको ट्रेलरमा रनबीर सिंह नेगेटिभ भूमिकामा देखिएका छन् । तीन मिनेट नौ सेकेन्ड लामो ट्रेलरले पद्मावतीको उत्सुकता अझै बढाईदिएको छ । फिल्ममा केहि यस्ता दृश्यहरु पनि खिचिएको छ, जसमा बाहुबली र बाहुबली २ जस्तै देखिन्छ ।

विगत केहि वर्षदेखि दीपिका पादुकोणका कुनै पनि फिल्म रिलिज भएका छैनन् । साथै बाजिराव मस्तानी पछि रनबीर सिंहको बेफिक्रे मात्रै रिलिज भएको थियो । शाहिद कपुरको पनि यो धेरै समय पछि आएको फिल्म हो । फिल्म डिसेम्बर १ देखि रिलिज हुँदैछ ।

ads