नैतिक शिक्षा पढाउने शिक्षकद्वारा दुई छात्रा बलात्कृत

काभ्रेमा दुई जना बालिका बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई जना छात्रालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको हो । जाहेरीमा शिक्षकले केही महिनादेखि खाजा खाने समय र स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको उल्लेख छ ।

बालिकाहरुलाई शिक्षकले कहिले फकाउने त कहिले धम्क्याउने गरेको पीडितको आरोप छ । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको प्रहरीले जनाएको छ ।

 

photo

NOC1-250x300