नेपाल आइपुगिन बलिउड नायिका करिश्मा कपूर ! (भिडियो)

चर्चित सुन्दरी बलिउड नायिका करिश्मा कपूर नेपाल आइपुगेकी छन् ।। उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा विशेष अतिथिका रुपमा करिष्मा नेपाल आएकी हुन् ।

करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजनै भारत फर्किने छिन् । बुझिए अनुसार करिष्माले शोरुमको उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् । केही दिन पहिले पनि करिश्मा नेपाली डिजाइनरद्धारा डिजाइन गरिएको ड्रेस लगाएर र्याम्पमा उत्रिएकी थिइन् ।

दिल्लीको इन्डिया गेटनजिक बिकानेर भवनमा भएको फेसन वीकमा नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित पहिरन लगाएर स्टेजमा जाँदा उनी र उनले लगाएको पहिरनको सबैले प्रशंसा गरेका थिए ।
हेर्नुहोस भिडियो :-

 

photo

NOC1-250x300