नेपालको १०० रन पुरा, जित नजिक

  फागुन २८ 

नेपालको १०० रन पुरा, जित नजिक

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेल हङकङले दिएको १५४ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले १०० रन पुरा गरेको छ । एकपछि अर्को विकेट गुमाएको नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले इनिङ्स सम्हाल्दै १०० रन बनाएका हुन् ।

नेपालले ३१ ओभरको समाप्तिमा १०० रन पुरा गरेको हो ।

रोहित २२ र सोमपाल १२ रनमा अविजित छन् । नेपाललाई अब जितको लागि १९ ओभरमा ५३ रन चाहिएको छ ।

हङकङले टस जितेर ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

NOC1-250x300