नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुबाटारमा सुरु भएको छ।

मंगलबारको बैठकमा शीर्ष नेताहरुले आफ्नो धारणा राख्‍ने भएका छन् । गत असार १० गते सुरु भएको बैठकमा नेपाल भारत सिमा विवादको बिषयमा छलफल भइरहेको छ। सीमा समस्या समाधान गर्न भारतसँग वार्ताको पहलका लागि उनीहरुले सरकारलाई दबाव दिएका छन्।

बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएकोमा कतिपय नेताहरुले असतुष्टि जनाएका छन्। बैठक सुरु हुनुअगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटवार्ता गरेका छन्।

आजको बैठकमा सिमाबाहेक कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, सरकार र पार्टी नेतृत्वको समिक्षा, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

 

photo

NOC1-250x300