नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, सचिवालय ९ सदस्यीय हुने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ । निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

उनका अनुसार अब नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय हुने भएको छ ।

एकता संयोजन समितिको बैठकले यो विषय टुंगो लगाएको थियो । अब दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ ।

NOC1-250x300