दुर्घटनामा एकजना गम्भिर घाइते , स्थानीयद्वारा ट्रिपरमा आगजनी

राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते भएको  बताइएको छ । बुधबार मध्यान्ह बा ४ ख ३५५८ नम्बर ट्रिपरले एक मोटरसाइकललाई ठक्कर दिएको हो । 

848-1528874220351459259010520900798476229683796074037248n

ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । ट्रिपर चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । 

दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरेका थिए । 

गम्भीर घाइते मोटरसाइकल चालकलाई बि एन्ड बि अस्पतालमा उपचार गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

भर्खर अबरुद्द सडक खुलाईएको समेत स्थानिय युवा रोशन बख्रेलले बताएका छन ।   

 

 

photo

NOC1-250x300