दुई तिहाइको शक्तिशाली कम्युनिष्ट सरकारले केहि गर्न सकेन : काँग्रेस नेता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइ बहुमतको शक्तिशाली सरकार हुँदा पनि कम्युनिष्टहरुले जनताको नाममा कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार नवलपुरको कावासोतीमा प्रेस युनियन नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले देशलाई सुशासन दिन सकेन भने ।

वरिष्ठ नेता पौडेलले काम गर्नका लागि कुनै अबरोध नभएको र आवश्यक सबै सुविधा हुँदा पनि शक्तिशाली भन्ने कम्युनिष्टहरुले कुनै परिवर्तनका काम गर्न नसक्नु यो उनीहरुकै कमजोरी भएको बताए ।

सरकार कामभन्दा पनि प्रचारमा मात्र व्यस्त भएको उनले आरोप लगाए । रेल र पानीजहाजको कुरा गर्ने सरकारले न्यूनतम् पूर्वाधारका विषयलाई अगाडि बढाउन नसक्नु जनताको अगाडि लज्जाष्पद कार्यमात्र भएको उनको टिप्पणी थियो ।

 

photo

NOC1-250x300