दीपिका पादुकोण अभिनित ‘छपाक’ को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ।

68763845

मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनी मालती नामक पात्रमा देखिने छिन्।

एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारमा फिल्म बनेको छ। 

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित बनेको हो। उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्। एजेन्सी

 

 

photo

NOC1-250x300