तर मायाले ‘सरी प्यारी’ भन्न सकिनँ

3बुझ्न सकिनँ कि बुझाउन सकिनँ
सधै एकोहोरो बन्न सकिनँ
जे जे भन्छौ मान्दै गए
कुनै दिन नि नाइ भन्न सकिनँ

बिछोड मा तड्पिँदा आत्तिएर
भेट भएका ती दिन गन्न सकिनँ
मन दुख्छ मुटु पोल्छ बेहोशिमा
आफै लड्ने खाल्डो खन्न सकिनँ

गल्ती गरीरहेँ बेला बेला सताइ रहेँ
तर मायाले ‘सरी प्यारी’ भन्न सकिनँ
बुझ्न सकिनँ कि बुझाउन सकिनँ
सधै एकोहोरो बन्न सकिनँ

जे जे भन्छौ मान्दै गएँ
कुनै दिन नि नाइ भन्न सकिनँ
गल्ती गरिरहेँ बेला बेला सताइ रहेँ
तर मायाले ‘सरी प्यारी’ भन्न सकिनँ

ads