तपाईंको ओठबारे १५ रोचक तथ्य

मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ :

lips-1690875_640

-ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन।

-औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन ।

-उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ ।

-ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ ।

-मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् ।

-शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । आइरन वा फोलेटको कमीले पनि फुट्छ ।

-माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित बनाउँछन् ।

-शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन् । ओठमा धेरै नसाको अन्त्य हुन्छ । त्यसैले संवेदनशील हुन्छ । ओठमा झन्डै १० लाख नसा हुन्छन् । ओठ औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ ।

-ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ ।

-टेक्सासका एकजना एन्थ्रोपोलोजिस्ट (मानव विशेषज्ञ) डा. भाउगन ब्रियन्टका अनुसार चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो । अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भयो ।

-फ्रान्सका समाजशास्त्रीहरूले आफ्नो अध्ययनबाट पत्ता लगाए कि रातो ओठ भएका महिलाहरूप्रति पुरुष बढी आकर्षित हुन्छन् ।

-ओठको चुम्बनले मस्तिष्कमा डोपामाइन रसायन स्रावित हुन्छ । डोपामाइन मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो । यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ ।

-आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने आदिम चलन नै पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिक अवधारणा छ।

-चुम्बनले पाचनक्रियालाई सघाउँछ । यसका अतिरिक्त भोक, निद्रा, स्मृतिमा पनि मद्दत पुग्छ । चुम्बन गर्दा निस्कने हुने सेरोटोनिनले यो भूमिका निर्वाह गर्छ ।

ads