तत्कालिन कांग्रेस सरकारले खटाएका राजदुतलाई ओली सरकारले नेपाल फिर्ता बोलाउने

 तत्कालिन कांग्रेस सरकारले सभापति शेरबहादुर देउवाको राजदुतहरु खटाएको थियो र आब प्रधानमन्त्री ओलीको चिन भ्रमण सकेर नेपाल फर्किए लगत्तै विभिन्न ९ देशका राजदुतहरुलाई फिर्ता बोलाईने भएको छ ।

स्रोतका अनुसार राजदुत फिर्ता बोलाउनेसहितको प्रस्ताव हालैको क्याबिनेटमा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले लगेका थिए ।

कांग्रेससहितको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको भागमा परेका राजदूतलाई फिर्ता बोलाउने तयारी भैसकेको सरकारका एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा कांग्रेसको सिफारिसमा भएका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), डा. विश्वम्भर प्याकुरेल (श्रीलंका), डा. चोपलाल भुसाल (बंगलादेश), रमेशप्रसाद कोइराला (कतार), भीमकृष्ण उदास (म्यानमार), राप्रपाको सिफारिसमा भएका प्रतिभा राणा (जापान), निरन्जन थापा (इजरायल), भरतबहादुर रायमाझी (स्पेन) र शर्मिला पराजुली (ओमान) रहेका छन् ।

NOC1-250x300