डडेल्धुरामा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो

मङ्सिर २१,काठमाडौं : दोस्रो चरणअन्तर्गत डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले मतदान सम्पन्न भएको र ६५ प्रतिशत मत खसेको जानकारी दिए । एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् । 

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग कम्युनिष्ट गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा–१ रुवाखोलास्थित मतदान स्थलमा र उनका प्रतिष्पर्धी भट्टले अजयमेरु गाउँपालिका–४ चिपुर उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका थिए । 

ads