टी ट्वान्टी क्रिकेट : वर्षाले रोकिएको खेल शुरु (नेपाल र सिंगापुर)

मलेसियामा जारी विश्व कप एसिया छनोट अन्तगर्तको बी समूहको छनोट प्रतियोगितामा शुक्रबार भएको नेपाल र सिंगापुरबीच खेल वर्षाले प्रभावित भएको छ । 

वर्षा भएपछि खेल केही सयमका लागि रोकिएको खेल फेरि शुरु भएको छ । टस जितेर पहिला फिल्डिंग गरेको नेपालले खेल रोकिँदासम्म सिंगापुरको ३ विकेट लिएको थियो ।

यो समाचार तयार पार्दासम्म सिंगापुरले  10 ओभरमा 59 रन बनाएको छ । उसले 3 विकेट गुमाएको छ ।

मलेसियाको क्वाललम्पुरस्थित वायुमास ओभल मैदानमा नेपालले टस जितेर सिंगापुरलाई पहिला ब्याटिंगको निम्तो दिएको छ । नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले १ विकेट लिएका छन् । 

सिंगापुरले ४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।

 

photo

NOC1-250x300