टस जितेर काठमाडौं बलिङ गर्दै, ब्याटिङमा मेहन्द्रनगर

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टस जितेर बलिङ रोजेको छ । काठमाडौंले बलिङ गर्ने भएपछि ब्याटिङको निम्तो महेन्द्रनगर युनाईटेडले पाएको छ । 

173340579230126389_1891206754276238_749056392_o

धनगढीको एसएसपी क्रिकेट मैदानमा यी दुई टिमको विजेता फाइनलमा प्रवेश गर्नेछ । वर्षाका कारण हिजो (बुधबार) स्थगित भएको खेल आज हुन लागेको हो । टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले २ ओभरमा विना विकेट ८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
दुबै टिम जितको खोजीमा हुने छन् ।

आजको विजेता फाइनलमा उपाधिका लागि टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । टिम चौराह धनगढीले यसअघि नै पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको टिम हो ।

NOC1ads