ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै, श्रीलंका र मुम्बई पनि जाने

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् । 

हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् । 

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

 

photo

NOC1-250x300