जंगली हात्ती मात्तिएपछि ठुुलोे नोक्सानी

कञ्चनपुर, १६ असोज  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउनाका साथै एक बिगाहा जग्गामा लगाएको आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ ।elephant_CaVO6Rpt3F

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।

स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

हात्तीको बथान निकुञ्ज क्षेत्रमै भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उनले बताए /

NOC1-250x300