चुरियामाई नजिक टाटासुमो खोलामा

सिमरा : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक मंगलबार विहान भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।
चुरियामाई मन्दिरको उकालो चढ्न नसकेर व्याक भएको वि.आर.०५ डि. २८६३ नम्बरको भारितय ट्रकले पछाडि रहेको ना १ ज ६५४९ नम्बरको टाटासुमोलाई ठक्कर दिंदा सुमो खोलामा खसेको प्रहरीले जनाएको छ ।
मंगलबार विहान ११ बजे भएको सो दुर्घटनामा टाटासुमोमा सवार यात्रु सहित १३ जना घाईते भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मध्य २ जनाको अवस्था गम्भिर रहेको  छ । घाइते सबैको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ads