चीन विश्वकै लामो समुद्री पुलको उद्घाटन गर्दै

एजेन्सी, १९ चैत । चीनले यो वर्ष विश्वकै लामो समुद्री पुलको उद्घाटन गर्दैछ । हङकङ र मकाउलाई चीनको प्रमुख भूमिसँग जोड्ने उक्त पुल ५५ किमी लामो छ र त्यसमा ६ वटा लेनहरु छन् ।

यी क्षेत्रहरुबीचको यात्रा समयलाई कम गर्न बताइएको छ ।china-1-768x509

अर्वौंको लगानीमा सम्पन्न भएको उक्त वृहत पुल निर्माण परियोजनामा अन्तर्राष्ट्रिय समन्वयमा सफल भएको हो । पुल निमार्णमा ६० वटा इफिल टावर बराबर लाग्ने स्टील प्रयोग गरिएको बताइएको छ ।

पुल निर्माणका लागि वेलायत, अमेरिका, डेनमार्क, स्वीटजरल्याण्ड, जापान र नेदरल्याण्डका विदेशी विज्ञहरु पनि संलग्न रहेको पुल निर्माण समूहका नेतृत्वकर्ता गावो जिङलिनले अल जजिरा च्यानललाई बताएका छन् ।

तर पुलले अत्याधिक खर्च र खतरनाक दुर्घटनाका लागि व्यापक आलोचना पनि खेप्दै आइरहेको छ । यद्यपी चिनियाँ प्रशासनले उक्त परियोजनाको सराहना गर्दै पुलको प्रसारका लागि अन्तर्राष्ट्रिय मिडियाहरुलाई पनि यो हप्ता चीनमा निमन्त्रणा गरेको थियो ।

पुलको उद्घाटनको औपचारिक मिति भने हालसम्म घोषणा गरिएको छैन ।

NOC1-250x300