‘गुन्डा नाइके’ गणेश लामा छुटे

‘गुन्डा नाइके’ गणेश लामा छुटेका छन्। हातहतियार तथा खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका लामा सोमबार रिहा भएका हुन्।

सोमबार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।

गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षको लागि जेल चलान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो।

उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। सरकारी वकिलको कार्यालयले लामाविरूद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।

 

photo

NOC1-250x300