खाना खाएर सुत्न जाने बेलामा गोमन सर्पले टोकेर मृत्यु !

snake_YZfF7SG0Bnलहान- विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

 

photo

NOC1-250x300