कोरोनाको त्रास : ईपीएल क्रिकेट स्थगित

काठमाडौं, २२ फागुन । कोरोनाको त्रासका कारण  एभरेष्ट प्रिमियर लिग क्रिकेट स्थगित भएको छ ।

पुर्वनिधारित तालिका अनुसार  चैत १ बाट सुरु हुने यो सिजनमा  बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने भएका थिए  तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेपछि ईपीएल स्थगित भएको हो ।

‘खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।’ ईपीएल प्रमुख अमिर अख्तरले भने ।

 

photo

NOC1-250x300