कुमकुम भाग्यकी बुलबुलले आमिर खानको फिल्म खेल्न किन अस्वीकार गरेकी थिइन्

एजेन्सी -बलिउड सुपरस्टार आमिर खानसँग टिभी सिरियल कुमकुम भाग्यकी नायिका बुलबुल अर्थात मृणाल ठाकुर ले फिल्म ठग्स अफ हिन्दुस्तान’मा खेल्न अस्विकार गरेकी थिइन् । भारतिय मिडियाका अनुसार हलिउड फिल्म ‘लव सोनिया’लाई लिएर निकै चर्चामा रहेपछि आमिरले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा खेलाउने मन बनाएका थिए।

bulbul

तर मृणालले आमिरको फिल्ममा खेल्न सिधै अस्वीकार गरेको बताइएको छ ।आमिर खानले मृणाललाई म्यासेज गरेर उनीसँग काम गर्ने मन भएको बताएका थिए। फिल्मका निर्माता आदित्य चोपडाले पनि मृणालसँग काम गर्ने इच्छा जताएका थिए तर उनले आदित्य र आमिरको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

मृणालले ‘सुल्तान’को लागि पनि अडिसन दिएकी थिइन्। तर उनी सफल भइनन्। तर मृणालको ट्यालेण्ट बुझेर उनले ‘ठग्स अफ हिन्दुस्तान’को लागि प्रस्ताव राखेका थिए।उनले अन्तर्राष्ट्रिय करिअरमा असर पर्ने भएकाले आमिरसँग फिल्म खेल्न नमानेको बताइएको छ । सिरियल कुमकुम भाग्यमा उनलाई बुलबुलको भुमिकामा अत्यन्तै मन पराइएको थियो ।

ads